१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष ३० शुक्रबार १२:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष ३० शुक्रबार १२:५२:००

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ। गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयलगायतबाट जारी भएका सबै प्रकारका स्थायी अस्थायी पास, अस्थायी परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्नेलाई रोक लगाउने निर्णय गरेको थियो। उक्त नियम आजदेखि कार्यान्वयन भएको हो। आजदेखि सिंहदरबार प्रवेश गर्नेको संख्या घटेको मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

उनका अनुसार अत्यावश्यक काम परेकाहरूलाई मात्रै सिंहदरबार प्रवेश दिइएको छ। ‘अत्यावश्यक काम परेका सेवाग्राही मात्रै सिंहदरबार छिर्न पाउँछन्, भित्रबाट पास पठाएर सिंहदरबार छिर्नेहरूलाई रोक लगाएका छौँ,’ उनले भने। 

अस्थायी वा स्थायी परिचयपत्र बनाउनुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै पास जारी गर्ने व्यवस्था गरिएकाे छ ।