मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०७८ पौष २७ मंगलबार १८:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन

Read Time : < 1 मिनेट
२०७८ पौष २७ मंगलबार १८:२२:००

वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दे मंगलबार प्रदर्शन भएको छ । नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाइमा वीरगन्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन भएको हो । कां‌ग्रेसले निकालेको दबाब मुलुक जुलुस माइस्थान,घण्टाघर, आदर्शनगर हुँदै नगरको परिक्रमा गरी घण्टाघरमै पुगेर कोणसभामा परिणत भएको थियो । 

प्रदर्शनमा सहभागीहरूले ‘जिल्लावासी प्रदेश २ का मुख्यमन्त्री लालबाबु चाहिँदैन, हाम्रो वीरगन्जलाई कुर्सीसँग बेच्न पाइँदैन,’ ‘मुख्यमन्त्री लालबाबु मुर्दावाद, विधायकहरू होसियार’लगायतका नारा लगाएका थिए । कोणसभामा सम्बोधन गर्दै नेताहरूले भौतिक पूर्वाधार,विकासको सूचकांकलगायत हरेक दृष्टिकोणले राजधानीका लागि वीरगन्ज नै उपयुक्त रहेकाले प्रदेशको राजधानी वीरगन्ज नै बन्नुपर्ने माग गरेका छन् । 

मधेस आन्दोलनका वेला मधेसी नेताहरूले वीरगन्जलाई नै राजधानी बनाउने वाचा गरेको र अहिले मधेसका नेताहरू सत्तामा पुगेपछि वाचा भुलेको नेताहरूले आरोप पनि लगाए ।पर्साका प्रदेश सभा सदस्य शंकर चौधरीले वीरगन्जलाइ प्रादेशिक राजधानी बनाउनका लागि कांग्रेसले वीरगन्जबाट आन्दोलनको विगुल फुकिसकेकाले अब वीरगन्ज नै राजधानी बन्ने ठोकुवा गरे । 

कोणसभालाई सम्बोधन गर्दै कांग्रेस पर्साका कोषाध्यक्ष इम्तियाज आलमले वीरगन्जलाई मुख्यमन्त्री होइन, राजधानी चाहिएको बताए । मधेस आन्दोलनताका मधेसी दलका शीर्ष नेताहरूले वीरगन्जमै आएर राजधानी वीरगन्जलाई बनाउने ती नेता अहिले भुलेकाले अब वीरगन्जका जनताले त्यसको हिसाबकिताब गर्ने वेला आइसकेको बताए। गत शनिबार महन्थ ठाकुर नेतृत्वका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता कार्यकर्ताहरूको वीरगन्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन गरेका थिए ।