१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २७ मंगलबार १७:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पृथ्वीनारायण शाहको जन्मदिनमा कीर्तिपुरमा ‘प्रतिरोध’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २७ मंगलबार १७:३४:००

‘प्रतिरोध : जनअधिकार आन्दोलन’(प्रतिरोध)ले पृथ्वीनारायण शाहको जन्मदिन पारेर कीर्तिपुरमा ‘प्रतिरोध सांस्कृतिक कार्यक्रम' सम्पन्न गरेको छ । पृथ्वीनारायण शाहको ‘एकीकरण अभियान’का क्रममा भएका ज्यादती र दमनको खेद व्यक्त गर्न कार्यक्रम गरिएको संस्थाका अध्यक्ष मनोज खतिवडाले बताए । 

‘पृथ्वीनारायण शाहले गरेको भनिएको एकीकरण थिएन, अर्को राज्यमाथिको हिंसा र दमन थियो, उनले भने, ‘राजा महाराजाले विर्ता दिएकाहरूका सन्ततिले लेखेको इतिहासले गलत भाष्य निर्माण गरेको छ, पाठ्यक्रममा राजा महाराजा केन्द्रित इतिहासको व्याख्यान पढाइएको छ तर जनताको इतिहास लेखिन बाँकी नै छ र लेखिएको इतिहास पनि बर्जित गरिएको छ ।’ उनले सत्ता निर्मित इतिहासको व्याख्यालाई चुनौती दिनुपर्ने बताए । 

संस्थाकी सचिव अनिता पण्डितले सबै किसिमका शोषण र उत्पीडन अन्त्य गर्नका लागि आफूहरूले अभियान सुरु गरेको बताइन् । ‘हामीले नेपाली समाजका सबै शोषण र उत्पीडनका विरुद्ध अभियान सुरु गरेका छौँ, अहिले गाउँगाउँ पुगेर जनताका न्यायपूर्ण संघर्षमा साथ दिने र सिक्ने अभियानमा छौँ हामी,’ उनले भनिन् । 

कार्यक्रममा बोल्दै इतिहास अध्येता तथा नेवा भाषा संरक्षणका अभियन्ता प्रयागमान प्रधानले पृथ्वीनारायण शाहले गरेको कार्य एकीकरण नभएर ठगी रहेको बताए । उनले नेवारलगायतलाई छल गरेर रक्तपातको बलमा धोकाधडी गरिएको आरोप लगाए । 

कार्यक्रममा कविहरू रजनी मिला, अभय श्रेष्ठ, समर्पण श्री र सकुन्तला जोशीले कविता सुनाएका थिए भने सुसेला संगीत समूह र इन्द्रेणी सांस्कृतिक समाजले सांस्कृतिक प्रस्तुति दिएका थिए । त्यसैगरी कार्यक्रममा थिएटर मल–कीर्तिपुर रंगमञ्चका कलाकारहरूले नाटक प्रस्तुत गरेका थिए ।