१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लकडाउनको बाटो रोज्न हुँदैन : अर्थमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४८:oo

अर्थमन्त्री जनार्दन शर्माले अब मुलुकले कुनै पनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताएका छन्। सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को दोस्रो वार्षिक साधारणसभामा बोल्दै शर्माले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन भएको बताए। 

लकडाउनको कारण अहिले आर्थिक क्षेत्र प्रभावित भएको भन्दै मन्त्री शर्माले अब फेरि पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताए। उनले अब लकडाउन नभएर उचित रूपमा सुरक्षाका उपायहरू अपनाएर अर्थतन्त्रलाई चलायमान बनाउने प्रस्ट पारे। 

‘अहिले कोरोना संक्रमण विस्तारै बढ्दै गएकाले अर्थतन्त्रको विषयमा सबैले चिन्ता व्यक्त गर्न थालेका छन्। यो चिन्ता भनेको फेरि लकडाउन हुने हो भन्ने हो। तर, हाम्रो बीचमा चुनौतीहरू धेरै छन्। अहिले पनि कोरोनाको कारण लकडाउन हुने आशंका भइरहेका छन्। अब हामी लकडाउनको बाटो अपनाउनुहुँदैन,’ मन्त्री शर्माले भने, ‘हामी कसरी सुरक्षित हुने उपायहरू खोज्न जरुरी छ। कोरोनाको कारण दुई वर्ष थलिएको अर्थतन्त्र चलायमान हुने लागेको अवस्थामा छ। यस विषयमा सरकार लकडाउन होइन सुरक्षित गर्ने उपायमा केन्द्रित हुन्छ।’

त्यस्तै, अर्थमन्त्री शर्माले अहिले बाहिर हल्ला भए जस्तो अर्थतन्त्र संकटतर्फ उन्मुख नभएको बताए। उनले अर्थतन्त्रमा धेरै चुनौतीहरू रहेको तर संकट भने नरहेको बताए। मन्त्री शर्माले अहिले बजारले तरलताको समस्या भोगिरहेको बताए। उनले माघ महिनाभित्र तरलता अभावको समस्या समाधान हुने प्रस्ट पारे।