१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २६ सोमबार
  • Thursday, 03 July, 2025
सौरभ यादव राजविराज
२o७८ पौष २६ सोमबार १७:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इँटा उद्योगको वाल भत्किँदा एकको मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
सौरभ यादव राजविराज
नयाँ पत्रिका राजविराज
२o७८ पौष २६ सोमबार १७:५८:oo

इँटा उद्योगमा  वाल भत्किएर एक महिला मजदुरको मृत्यु भएको छ। सप्तरीको रुपनी गाउँपालिकामा – ६ तेरहौतास्थित विशाल इँटा उद्योगमा इँटा पकाउनको लागि चाङ लगाउने क्रममा वाल भत्किएको हो। 
घटनामा घाइते भएकी सोही वडाकी ५० वर्षीया जतरीदेवी सरदार घाइते भएकी थिइन्।

घाइते सरदारलाई राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। सो घटनामा अग्निसाइर कृष्णसवरण गाउँपालिका– ४ का ५० वर्षीय मंगल सदा र भारत बिहारका ४० वर्षीय रमेशकुमार लौउदी घाइते भएका छन्। दुवैजनाको सोही अस्पतालमा उपचार भइरहेको जनाएको छ।