Skip This
सहकारीको ब्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार o८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सहकारीको ब्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o८:४५:oo

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीको ब्याजदर नबढ्ने बताएकी छिन् । सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धिको चर्चा चलिरहेका वेला मन्त्री श्रेष्ठले कर्जाको ब्याजदर घटाएर सदस्य लगानीकर्तालाई सुविधा दिनुपर्ने बताएकी हुन् । 

शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले सहकारी संघ–संस्थाहरू पैसा ब्याजमा लगानी गरेर खाने बैंकजस्तो भएको बताएकी छिन् । हाल सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत रहेको छ । बजारमा तरलता अभावको संकट पर्न थालेपछि सहकारी अभियन्ताहरू उक्त सन्दर्भ ब्याजदरलाई कम्तीमा पनि २ प्रतिशत वृद्धि गर्नुपर्ने माग गरिरहेका छन् ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को अध्यक्षमा सहकारी डटकमका काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षमा अन्नपूर्ण पोस्टका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सहसचिवमा गोरखापत्रका भेषराज बेलवासे र कोषाध्यक्षमा रातोपाटी डटकमका प्रयास श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा मेरो लगानी डटकमका सुधा देवकोटा र विकास न्युज डटकमका सन्तोष रोकाया चयन भएका छन् ।  

ad
ad