मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एमडु मोक्टार
२०७८ पौष १९ सोमबार ०९:१५:००
Read Time : > 3 मिनेट
टर्निङ प्वाइन्ट्स-२०२२ प्रिन्ट संस्करण

उपनिवेशवादलाई परास्त गर्न सकिएला ?

Read Time : > 3 मिनेट
एमडु मोक्टार
२०७८ पौष १९ सोमबार ०९:१५:००

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोन आफ्ना पूर्ववर्ती उपनिवेशहरूसँग बिग्रिएको सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् ।


एमडु मोक्टार
 (नाइजरेली संगीतकार मोक्टार आफ्नो
प्रस्तुतिमा परम्परागत तुआरेग गितार प्रयोग
गर्ने पहिलो संगीतकारका रूपमा चिनिन्छन्)

म हुर्के–बढेको नाइजरेली सहर अर्लिटका अधिकांश वयस्कले खानीमा काम गर्थे । मसँग पहिलेदेखि नै गीत लेख्ने, गितार बजाउने हुटहुटी थियो । मेले दिनभर जमिनमुनि खानीको काम गरेर रात अबेर घर फर्कने खानी–मजदुरहरू बिरामी परेको देखेको छु, सन् १९९० को दशक थियो त्यो । युरेनियम खानीका विकिरणको कारण ती अधिकांशलाई श्वास–प्रश्वास, फोक्सोका रोग र पक्षघातजस्ता गम्भीर स्वास्थ्य समस्याहरू थिए । महिलामा समयअगावै प्रसवको समस्या देखिने गरेको सम्झन्छु । क्यान्सर वयस्कमा मात्रै नभएर बालबालिकाहरूमा पनि व्याप्त थियो ।

नाइजर विपन्न मुलुक भए पनि प्राकृतिक स्रोतहरूमा भने सम्पन्न छ । सन् २००१ बाट जब फ्रान्सले आफ्ना घरेलु युरेनियम खानीहरू बन्द गर्‍यो नाइजरका खानीहरू अतिरिक्त दोहनको दबाबमा परे । जो सन् १९६० कै दशकदेखि नै निरन्तर सञ्चालित छन् । अहिले यहाँ उत्खननको काम ठूला कर्पाेरेसनहरूले गरिरहेका छन् र ती अधिकांश फ्रेन्च सरकारको स्वामित्वका छन् । तिनै फ्रान्सेली कम्पनीका लागि खानीका काम गर्नु नाइजरेलीका लागि एक मात्र लाभ लिने उपाय भएको छ । खानीको आयाम र तिनले नाइजरलाई कसरी असर गरेको छ भनेर बुझ्दा उपनिवेशवादलाई व्यवहारमै बुझिन्छ । सन् १९६० मा हामीलाई स्वाधीनता प्राप्त भयो, प्राविधिक रूपले फ्रान्स अहिले नाइजरमा छैन । तर, उसको प्रभाव अझै गहिरोसँग अनुभूत हुन्छ । हामी नाइजरेली फ्रेन्च बोल्छाँै । फ्रेन्च पैसा चलाउँछाँै । फ्रान्सेली कम्पनीका निम्ति खानीमा रगत–पसिना बगाउँर्छौँ । नाइजरका बहुमूल्य धातु फ्रान्स आपूर्ति गर्छौँ । अर्थात्, हामी नाम मात्रको देश हौँ ।

म सानो छँदा जस्तो थियो नाइजरको दैनिकी अहिले पनि त्यसभन्दा तात्विक रूपले भिन्न छैन । अझ भनौँ, नाइजरको स्थितिको तुलना त्यो समयसँग गर्न सकिन्छ जुन दशकबाट यहाँ फ्रेन्चहरूले युरेनियम उत्खनन सुरु गरेका थिए । उतिखेर हामी फ्रान्सलाई सस्तो श्रम, धातु तथा प्राकृतिक स्रोतहरू आपूर्ति गथ्र्याँै अहिले पनि हाम्रो काम उही छ । हाम्रा बहुमूल्य स्रोत, युरेनियमका भण्डारणहरू फ्रान्स उपयोग गर्छ । यी खानी हामी आफैँले सञ्चालन गथ्र्याैँ भने केही पैसा आफैँसँग राख्न सक्थ्यौँ । जनसंख्याको औसत स्वास्थ्य, शिक्षाको स्तर र आय विश्लेषण गरेर सम्बन्धित मुलुकको जीवनको गुणस्तर मापन गर्ने संयुक्त राष्ट्रसंघको मानव विकास सूचकांकको सूचीमा नाइजर १८९ मुलुकको पुछारमा छ । प्रचुर प्राकृतिक स्रोतहरू भएको हामीसँग एउटा उन्नत र सुचारु पावर ग्रिड त हुनुपर्ने हो भन्ने कसैलाई लाग्न सक्छ । तर, हाम्रो युरेनियमबाट फ्रान्सले बिजुली उत्पादन गर्छ, हामीले चाहिँ आफ्नो अधिकांश बिजुली अर्काे पूर्वउपनिवेश नाइजेरियाबाट आयात गर्नुपर्छ । यस्तो लाग्छ, हाम्रो अस्तित्व विचारमा मात्र छ । 

म साइकलको तार र काठबाट बनाएको खेलौना गितार सिक्दै हुर्केँ । जब मैले साँच्चैको गितार पाएँ त्यसलाई ब्याट्रीले चल्ने एमप्लिफाएरमा जोडेँ । वास्तवमा म अझै ब्याट्रीले चल्ने एमप्लिफाएर प्रयोग गर्छु । किनकि म आफ्नो सांगीतिक प्रस्तुति दिनुपर्दा अझै पनि नाइजरको पावर ग्रिडमा भर पर्न सक्दिनँ । अधिकांश अमेरिकी तथा युरोपेली संगीतकर्मीले जसरी मेरो ब्यान्डले आफ्ना सांगीतिक उपकरणहरू बिजुलीमा जोड्न पाउँदैनन् । नाइजरका सहर एवं फ्रान्सेली स्वामित्वका प्लान्ट वरपर बसेका स–साना बजारहरू बीच भएर जाने पहुँचमार्गहरूले संगीतिक प्रस्तुतिमा कुनै योगदान गर्दैनन् । म र मेरो ब्यान्डले अमेरिकाको भ्रमण गर्दा हामीलाई न्युयोर्क र बोस्टनबीचको दुई सय माइलको यात्रा पूरा गर्न पाँच घन्टा पनि लागेको थिएन । जब कि अर्लिट र अगाडेजबीचको दूरी त्यसभन्दा थोरै केवल एक सय ५० माइल मात्र छ, तर समय १० घन्टाभन्दा बढी लाग्छ । अर्लिट र राजधानी निआमे सात सय ५० माइलको दूरीमा छन् । जुन दूरी तय गर्न कहिलेकाहीँ त पूरै दुई दिन लाग्छ । यो फ्रान्सले छोडेको औपनिवेशिक बिरासत होइन, यहाँको पछिल्लो स्थिति हो ।

२००५ फेब्रुअरीमा नाइजरको अर्लिटमा एरेभाले दोहोन गर्ने युरेनियमको खुला खानीनजिक रहेको सोमेरको खनिज प्रशोधन

मेरो अधिकांश गीतको थिममा उपनिवेशवाद रहने गरेको छ । मेरो नयाँ अल्बम ‘अफ्रिकी भिक्टिमे’ त अझै राजनीतिक प्रकृतिको छ । तर, नाइजरका समस्या एउटा एल्बममा अट्नेभन्दा अनेकन छन् । फ्रान्सको सैन्य उपस्थिति, उसका ट्यांक, ड्रोन र हातहतियार हाम्रो क्षेत्रमा उपनिवेशवादका टाटा हुन् । नाइजेरियालाई आधार बनाएर उदाएको आतंकवादी संगठन बोकोहराम नाइजर घुसेर फैलँदो छ । गत गर्मीमा बोकोहरामका लडाकुबाट नाइजरका १६ सेना मारिए । तर, फ्रान्सका ती हतियार प्रतिक्रियाविहीन बसे । मलाई अक्सर मानिसहरू नाइजरलाई कसरी सहयोग गर्न सकिन्छ, के उपनिवेशवादलाई परास्त गर्न सकिन्छ भनी सोध्ने गर्छन् । तर, म आशावादी छैन । नाइजरमा फ्रान्सको झन्डा

नफहरिए पनि तीतो सत्य के भने यो मुलुकका स्रोतमाथि फ्रान्सेली कम्पनीहरूमार्फत उपनिवेश कायमै छ । चरम गरिबीबाट बाहिर निस्किने स्पष्ट मार्ग हाम्रासामु उपस्थित छैन । हरेक दिन फ्रान्सको उपस्थिति र प्रभाव हाम्रा नेताहरूको कारण झन्–झन् गहिरिँदो र जटिल हुँदो छ । नाइजरमा उपनिवेशवाद अझै मौजुद छ किनकि यसलाई मौजुदगीको अनुमति दिइएको छ । उपनिवेशवादबाट नाइजरेलीहरू बाहिर निस्कन सक्नुपर्छ । समस्या त नाइजरेलीहरू दिशाबोध हुन नसक्नु हो । तर, उपनिवेशवादलाई हामी आफैँले मात्र धपाउन सक्दैनौँ । म मेरो गीतबाट सक्ने आह्वान गर्छु । आफ्नो सन्देशलाई अझ मुखर बनाउँदै लैजानेछु । 

फ्रान्सले नाइजरलाई यो स्थितिमा पुर्‍याउन खेलेको विषाक्त भूमिका स्वीकार नगरेसम्म र उसको हानिकारक उपस्थिति कायम रहेसम्म नाइजरको अवस्था बदलिनेछैन । फ्रान्सलाई हाम्रो ऊर्जा चाहिएको छ, जब कि हामीसँगै ऊर्जाको चरम अभाव छ । यो अवस्था अब परिवर्तन हुनुपर्छ ।

२००९ मेमा उत्तरी नाइजरमा विशाल आणविक खानी सञ्चालन शुभारम्भ कार्यक्रममा फ्रेन्च आणविक ऊर्जा कम्पनी एरेभाकी पूर्वनिर्देशक एन लोभरगिओन (देब्रे) नाइजरका पूर्वप्रधानमन्त्री सेयनी ओमारोसँग