मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४७:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

नेपालमण्डलका दर्जन गुमनाम जात्राबारेको पुस्तक सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४७:oo

नेपालमण्डलका कम चर्चामा रहेका विभिन्न १२ जात्राबारे लेखिएको पुस्तक सार्वजनिक भएको छ। रेखा शाक्य (राजमति)द्वारा लिखित ‘नेपालमण्डलका केही जात्राहरू’ पुस्तक राजधानीमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। पुस्तकमा चर्चामा नआएका, तर अत्यधिक महत्वका विभिन्न १२ स्थानका महत्वपूर्ण जात्राको विवरणका साथै रंगीन तस्बिरहरू समावेश गरिएका छन्। 

पुस्तकमा चन्द्र विनायक तथा भैरव जात्रा, पद्मपाणि लोकेश्वर (थिमि), टिष्टुङको जात्रा (१२ वर्षे जात्रासहित), प्रचीन जात्रा कुमार न्हवं, फर्पिङको १२ वर्षे था प्याखं, किपुल्चाको श्री कालिका, भैरव र गणेश जात्रा, चित्लाङको महाचुनी जात्रा, द्वाल्खाको गुँल्ला पर्व, कीर्तिपुरको देवीनाच, नाला भगवती तथा महालक्ष्मी जात्रा, लाय्कु थिमि भैलः र नरःया पायाः हाँडीगाउँका जात्रा समावेश छन्।

पुस्तकमा समावेश भएका जात्राहरूको फोटो पनि लेखिका शाक्यले नै खिचेकी हुन्। प्रकाशक डा. हेरम्बबहादुर राजभण्डारी र स्नेहलता राजभण्डारी रहेका पुस्तकको सम्पादन सुरेशकिरण मानन्धरले गरेका छन्।