१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
ब्रिगेड ब्वाइजविरुद्ध गोल गर्ने प्रयासमा मनाङका खेलाडी ।
२o८१ बैशाख २९ शनिबार o७:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

घरेलु मैदानमा मनाङको जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o७:२१:oo

जितसँगै शीर्ष स्थानमा पुगेको मनाङले एएफसी कप छनोट खेल्ने सम्भावनासमेत जीवितै बनाएको छ

घरेलु मैदान पोखरा रंगशालामा शनिबार भएको खेलमा जित हात पार्दै मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले ब्रिगेड ब्वाइज क्लबलाई १–० गोलअन्तरले पराजित गर्दैै लिगको सातौँ चरणअन्तर्गतको खेलमा जित हात पारेको हो । 

खेलको पहिलो हापमा कप्तान अञ्जन विष्टले गरेको एक गोल नै मनाङको जितका लागि पर्याप्त बन्यो । शीर्ष स्थानमा पुग्ने क्रममा सात खेलबाट मनाङले १६ अंक जोडेको छ । ब्रिगेड भने समान सात खेल खेल्दा मात्र पाँच अंकसहित लिग तालिकामा १२औँ स्थानमा छ । 

खेलको १७औँ मिनेटमा अग्रता लिनबाट ब्रिगेड चुकेको थियो । मनाङका आदित्य चौधरीले पोनाल्टी क्षेत्रभित्र बिग्रेडका शिशिर लेखीलाई लडाएपछि खेलका मुख्य रेफ्री नवीन्द्र महर्जनले बिग्रेडलाई पेनाल्टी हान्ने अवसर दिएका थिए । पेनाल्टी प्रहार गरेका लेखीले त्यसलाई सदुपयोग गर्न नसक्दा टोलीलाई अग्रता दिलाउनबाट चुकेका थिए । लेखीले हानेको प्रहार क्रसबारभन्दा धेरै माथिबाट बाहिरिएको थियो ।

मनाङको जितमा पहिलो हाफको इन्जुरी समयमा खेलका अञ्जन विष्टले गरेको गोल नै निर्णायक बन्यो । दिनेश राजवंशीले हानेको बल विपक्षी किपरले क्लियर गर्ने क्रममा पन्च गरेका थिए । यही बललाई उपयोग गर्दै विष्टले हेडमार्फत बललाई जाली चुमाउन सफल भए । 

विष्टले ३ पुसमा भएको नेपाल पुलिस क्लबसँगको खेलमा समेत दुई गोल गरेका थिए । शनिबारको जितसँगै शीर्ष स्थानमा रहेको मनाङले एएफसी कप छनोट खेल्ने सम्भावनासमेत जीवितै राखेको छ । 

जारी लिगअन्तर्गत काठमाडाैँबाहिर भएको यो दोस्रो खेल हो । मनाङले पोखरालाई आफ्नो होम ग्राउन्डको रूपमा प्रयोग गर्ने निर्णयसँगै आधिकारिक निकायबाट त्यसको अनुमति पाएपछि उसकै आग्रहमा एन्फाले तीन खेल पोखरामा सञ्चालन गर्ने निर्णय गरेको हो । होम एन्ड अवे अवधारणालाई परीक्षण गर्न र लिगलाई देशव्यापी बनाउन एन्फाले अभ्यासका रूपमा पोखरामा खेल आयोजना गरेको हो ।

थ्री स्टारको दोस्रो जित 
सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टारले पछिल्लो चार खेलदेखिको जितविहीन यात्रामा पूर्णविराम लगाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा थ्री स्टारले प्रतिद्वन्द्वी जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको हो ।

पहिलो खेलमा च्यासल युथ क्लबलाई हराएको थ्री स्टारले दोस्रो खेलमा सातदोबाटो युथ क्लबलाई नतिजा सुम्पिएको थियो । थ्री स्टारले तेस्रो खेलमा फ्रेन्ड्स क्लब, चौथो खेलमा एपिएफसँग अंक बाँडेको थियो । शनिबारको खेलमा थ्री स्टारका लागि आयुष घलान र ऋतिककुमार खड्काले समान एक–एक गोल गरे । जावलाखेलका निकोलस फर्नान्डेजले एक गोल गरे । 

पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका लोइच एनजिमीले गरेको प्रहार प्रिसोले बचाउ गरे । ५५औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै जावालखेलाई फर्काउने संकेत गरे पनि त्यो पर्याप्त भएन । थ्री स्टार सात खेलमा १० अंकसहित पाँचौँ स्थानमा छ । जावलाखेल भने समान खेलमा सात अंक बटुल्दै नवाैँ स्थानमा छ । खेलपछि जावलाखेल युथका प्रशिक्षक किशोर केसीले खेलाडीले राम्रो खेलेका बताए ।

यद्यपि, मैदानका कारण खेलाडीले राम्रो खेल्न नसकेको उनले प्रतिक्रिया दिए । ‘आज मैदानका कारण पनि राम्रो खेल्न सकेनौँ । खेलाडीले राम्रो खेले, धन्यवाद दिन्छु !’ केसीले भने । थ्री स्टारका प्रशिक्षक उर्जन श्रेष्ठले चार खेलपछि जित भएकोमा भाग्यले समेत साथ दिएको बताए ।  ‘चार खेलपछि गोल निस्कियो । स्ट्राइकरसमेत नयाँ थिए । जितले खुसी छु । लकले पनि साथ दियो,’ श्रेष्ठले भने । 

ad
ad