१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १६ शुक्रबार १३:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यो वर्षको भूकम्प सुरक्षा दिवस पाटन दरबार परिसरमा मनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १६ शुक्रबार १३:३२:००

२४औँ भूकम्प सुरक्षा दिवस ललितपुरको पाटन दरबार परिसरमा मनाइने भएको छ। हरेक वर्ष माघ २ गते मनाइने यस वर्षको भूकम्प सुरक्षा दिवस पाटन दरबार परिसरमा मनाइने भएको हो।

पाटन दरबार क्षेत्रमा भूकम्पले क्षति पारेका सबैजसो सम्पदा पुनर्निर्माण कार्य सकिएको छ। ९० सालको भूकम्पले क्षति पारेको भाइदेग र ०७२ को भूकम्पमा क्षति पुगेको भीमसेन मन्दिरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिको रूपमा रहने गृह मन्त्रालयले जनाएको छ। वि.सं. १९९० माघ २ गतेको भूकम्पबाट भएको क्षतिको सम्झनामा वि.सं. ०५५ देखि नेपालमा भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो।