१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार १८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

२५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह कार्यक्रम काठमाडौंमा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १८:३५:oo

२५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह काठमाडौं महानगरपालिकामा गर्ने निर्णय भएको छ। गत वर्ष ललितपुर र त्यस अघिल्लो वर्ष भक्तपुरमा समारोह आयोजना गरिएको थियो।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको २५औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो। 

मूल समारोह समितिको सभापति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह रहनेछन् भने प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गर्ने निर्णय भएको छ।

प्रधानमन्त्रीको समय लिनका लागि बैठकले गृहमन्त्रीलाई जिम्मेवारी दिएको छ। बैठकमा प्रस्तावित यसपालिको नारामाथि आएका सुझावका आधारमा गृह मन्त्रालयले अन्तिम नारा तय गर्ने भएको छ। बैठकमा ३ वटा नारा प्रस्तावित गरिएको थियो। बैठकले यी नै नाराका वरिपरि रहेर सुझाव दिन सम्बन्धित सरोकारवालालाई आग्रह गरेको छ।

यसैगरी 'संघ, प्रदेश र स्थानीय तहलाई समेत दिवस मनाउन पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको  छ,’ गृहमन्त्री लामिछानेले ‘नेपालमा भूकम्प सुरक्षा दिवसः विस २०५५ सालदेखि २०७८ सालसम्मका विषयगत प्राथमिकता’ पुस्तकसमेत सार्वजनिक गरेका थिए। विस १९९० माघ २ मा नेपालमा गएको महाभूकम्पको सम्झनामा ०५५ देखि प्रत्येक वर्ष २ माघमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ।

ad
ad