१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:२९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हिउँले ढाक्यो गुप्सीपाखा एकीकृत नमुना बस्ती (फोटोफिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२९:oo

उत्तरी गोरखामा हिमपात भएको छ। चुमनुब्री गाउँपालिकाको सबै क्षेत्रमा र धार्चेको केही गाउँमा हिमपात भएको हो। ‘मंगलबार बेलुकादेखि हिउँ परेको हो। अहिलेसम्म परिरहेको छ। यो सिजनमा यति धेरै हिउँ परेको यो नै पहिलो पटक हो,’ चुमनुब्री गाउँपालिका– ३  सिर्दिबासका समीर गुरुङले भने। 

हिमपातसँगै स्थानीय जनजीवन कष्टकर बनेको चुमनुव्री गाउँपालिका– ६ चुम्चेतस्थित लोक्पा सेराप गुरुङले बताए। उनका अनुसार मंगलबार बेलुकी आठ बजेबाट लगातार परेको हिउँ अझै रोकिएको छैन। ‘हिउँ परेसँगै चिसो बढेको छ। स्थानीयहरू छानामा जमेको हिउँ फाल्न व्यस्त छन्। मान्छे बाहिर निस्कन सकेका छैनन्। गाईवस्तुलाई घाँसपात गर्न पनि समस्या भएको छ,’ उनले भने । 

गाउँपालिकाको वडा नं. १ का साम्दो, सामा, वडा नं. २ का ल्हो, स्यो, हिनाङ, ल्ही, वडा नं. ४ को प्रोक, क्वाक, छाक, नाम्रुङ, गप, वडा नं. ५ को बिही, क्य्राक, वडा नं. ३ को न्याक, आँगा, फिलिम, पाङसिङ, देवल, पाती, वडा नं. ६ को लोक्पा, चुम्लिङ, सिप्चेत, चुम्चेत तथा वडा नं. ७ छेकम्पार, लार, छुले, निलेलगायतका सबै गाउँमा हिउँ परेको स्थानीयहरूले बताएका छन्। त्यस्तै, धार्चे गाउँपालिका लाप्राकलगायतका भेगमा लेक हिमपात भएको छ।

धार्चे गाउँपालिका ४ लाप्राकस्थित गुप्सीपाखाको एकीकृत नमुना बस्ती पनि हिउँले ढाकेको छ। मंगलबाररातिदेखि परेको हिउँले पूरै बस्ती नै ढाकिएको स्थानीय जेसन गुरुङले बताए। ‘हिजो रातिदेखि नै हिउँ परेको थियो। अहिले हिउँले गर्दा हिँड्ने बाटो पनि छैन। करिब २  फिटभन्दा बढी हिउँ परेको छ,’ उनले भने । हिउँ पर्ने क्रम नरोकिएपछि घरभित्रै आगो तापेर बसिरहेको उनले बताए। एकीकृत बस्तीमा गैरआवासीय संघ नेपाल(एनआरएनए)ले ५ सय ७३ घर निर्माण गरेको छ। 
एकीृकत बस्तीमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहजतालाई होमस्टेसमेत सञ्चालन गरिएको छ। ‘लाप्राक घुम्न आउने पर्यटकहरूलाई सहज हुन्छ भनेर हामी हिउँ परेर चिसो भए पनि होमस्टे सञ्चालन गरिरहेको छौँ। तर, हिउँ धेरै नै परेकाले पर्यटक आउन सकेका छैनन्,’ होमस्टे सञ्चालक दलवीर गुरुङ भने। एकीकृत नमुना बस्तीका पाँच घरमा होमस्टे सञ्चालनमा रहेको गुरुङले जानकारी  दिए। 

तस्बिर : जेसन गुरुङ