मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भन्सार एजेन्टको परीक्षा तत्काल सञ्चालन गर्न माग गर्दै धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o१:oo

भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन्। वि.सं. ०७७ चैत १६ गते भन्सार विभागले ६ सय ६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरे पनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै परीक्षार्थीले आइतबार भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका हुन्।

भन्सार विभागले विभिन्न बहाना बनाएर परीक्षा रोक्न खोजेकाले छिटै परीक्षा मिति तोक्न अनुरोध गर्दैै विरोध कार्यक्रम गरिएको आवेदक भोलानाथ अर्यालले जानकारी दिए। ‘परीक्षाको कार्यक्रम तत्काल अगाडि बढाउन आग्रह गर्दै पटकपटक ताकेता गर्दा पनि अगाडि नबढेपछि हामी सडकमा आउन बाध्य हुनुपरेको हो,’ अर्यालले भने। 

कोरोनाका कारण रोकिएका लोकसेवा आयोगका अन्य परीक्षा सुरु भए पनि भन्सार एजेन्टको परीक्षा हुन नसक्नु दुःखद भएको उनको भनाइ थियो। भन्सार एजेन्टका लागि ६ सय ६० पदका लागि नौ हजारभन्दा बढी प्रशिक्षार्थीको आवेदन परेको छ ।

विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले विभागले परीक्षाको कार्यक्रमलाई आफ्नो वार्षिक कार्ययोजनाभित्र राखिसकेकाले अब चाँडो परीक्षा सञ्चालन गर्ने बताए। ‘लोकसेवा आयोगले लिनुपर्ने परीक्षामा सुरुमा कोरोनाको कारण र पछिल्लो समय लोकसेवाको परीक्षाका लागि सेन्टरको अभाव भएकाले परीक्षा सञ्चालनमा केही ढिलाइ भएको हो,’ उनले भने। विभागले भन्सार एजेन्टको परीक्षाका लागि आन्तरिक तयारी अगाडि बढाइसकेकाले अब चाँडो परीक्षाको कार्यक्रम हुने उनको भनाइ छ। रासस