१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय अनुसन्धान विभागमा दरबन्दी थप, काठमाडौं र ललितपुरमा गुप्तचर एसएसपी खटाइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:३५:oo

सुरक्षा संवेदनशीलताका आधारमा सरकारले राष्ट्रिय अनुसन्धान विभागको कार्यालय नौ जिल्लामा स्तरोन्नति गरेको छ। उपअनुसन्धान निर्देशक (एसपी) रहने दुई जिल्लामा सहअनुसन्धान निर्देशक (एसएसपी) र प्रमुख अनुसन्धान अधिकृत (डिएसपी) रहने सात जिल्लामा उपअनुसन्धान निर्देशक (एसपी) खटाउन थालेको हो। 

उपत्यकाका काठमाडौं र ललितपुरमा एसपी कार्यालय प्रमुख रहनेमा एसएसपी खटिन थालेका छन्। काठमाडौं र ललितपुरमा नेपाल प्रहरीबाट पनि एसएसपी खटिँदै आएका छन्। 

त्यस्तै, इलाम, सिन्धुली, काभ्रे, नुवाकोट, पाल्पा, स्याङ्जा र सिन्धुपाल्चोकमा एसपीलाई खटाउन थालिएको छ। एसपी प्रमुख हुने हेटौँडास्थित तालिम केन्द्रलाई पनि सरकारले स्तरोन्नति गरी एसएसपी राखेको छ। देशमा संघीयता लागू भएपछि हरेक स्थानीय तहसम्म विभागले आफ्नो संयन्त्र विस्तार गरेको छ। 

विभागका एक उच्च अधिकारीका अनुसार हरेक स्थानीय तहमा विभागका प्रतिनिधि खटिएका छन्। जसलाई सुरक्षाका साथै अनियमिततासम्बन्धी सूचना संकलनको जिम्मेवारीमा खटाइएको छ। 

पछिल्लो समय सरकारले तालिमका लागि पनि स्रोत–साधन बढाएको छ। साथै, विभागलाई प्रविधिको सहयोगबाट पेपरलेस बनाइएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए। 
तत्कालीन केपी ओली सरकारले तीन वर्षअघि गणेश अधिकारीलाई विभागको प्रमुख अनुसन्धान निर्देशकमा नियुक्त गरेको थियो। उनको तीनवर्षे अवधि आगामी २१ पुसमा सकिने भएकाले नयाँ प्रमुख नियुक्तिको गृहकार्य थालेको छ। अधिकारीको तीनवर्षे कार्यकालमा थोरै भए पनि संस्थागत सुधारको काम भएको विभागका अधिकारीहरू बताउँछन्। प्रतिजाजुसी संयन्त्रलाई ब्युँताउने, तालिम बढाउने तथा कार्यालयलाई पूर्ण रूपमा पेपरलेस बनाउनेजस्ता काम उनको कार्यकालमा भएका छन्।

ad
ad