१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
सहिद स्मारक ए डिभिजन लिगको छैटौँ चरणमा एनआरटीविरुद्ध एपिएफका दीपेश धिमाल हेडिङ गर्दै । 
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:२८:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अग्रता रक्षा गर्न नसक्दा एनआरटी बराबरीमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२८:oo

६१औँ मिनेटसम्म ३–१ को बलियो अवस्थामा रहेको एनआरटी त्यसपछिको आठ मिनेट सम्हालिन नसक्दा एपिएफसँग ३–३ को बराबरीमा रोकियो

न्युरोड टिम (एनआरटी) ले स्पष्ट दुई गोलको अग्रता रक्षा गर्न नसक्दा शुक्रबार सहिद स्माकर ए डिभिजन लिगको छैटौँ चरणमा एपिएफसँग अंक बाँडेको छ । खेलको ६१औँ मिनेटसम्म ३–१ को बलियो स्थितिमा रहेको एनआरटी आठ मिनेट आफूलाई सम्हाल्न नसक्दा ३–३ को बराबरी नतिजा आत्मसात् ग¥यो । एपिएफले खेलको ६५औँ र ६९औँ मिनेटमा गोल गर्दै एनआरटीलाई ३–३ को बराबरीमा रोक्न सफल भएको हो । 

बराबरीपछि एनआरटी सात अंकसहित छैटौँ स्थानमा छ । एपिएफले एक अंक जोड्दा ११औँ स्थान नै बलियो बनाएको छ । एपिएफले लिग तालिकामा पाँच अंक बटुलेको छ । एपिएफ रेलिगेसन जोनभन्दा तीन स्थान माथि नै रहेको छ । एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य नतिजाबाट खुसी भएनन् । उनले खेलको नतिजालाई ब्याडलक भनेका छन् । ‘हाम्रो नजरमा यो नतिजा ब्याडलक नै हो, दुई गोलको अग्रता पनि रक्षा भएन,’ खेलपछि आयोजित पत्रकार सम्मेलनमा एनआरटीका प्रशिक्षक शाक्यले भने, ‘एकैपटक दुई गोल व्यहोर्‍यौँ ।’ 

दर्शनका दुई गोल
डिबक्सभित्र अनमार्कमा रहेका दर्शनले मेसुकेको क्रसमा हेडिङ गोल गरेका हुन् । एनआरटीले आफ्नो अग्रता पाँच मिनेट टिकाएको थियो । खेलको ३७औँ मिनेटको आशिषले एपिएफलाई १–१ को बराबरीमा पुर्‍याए । आशिषले प्रदीप लामाको पासमा गोल गरेका हुन् । प्रतिस्पर्धाको मध्यान्तरपछि समग्रमा चार गोल भएको थियो । एनआरटी र एपिएफले समान दुई गोल गरे । खेलको ४८औँ मिनेटमा दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दा एनआरटी २–१ ले अघि बढ्यो । उनले रञ्जन विष्टको पासमा गोल गरेका थिए ।

खेलको ६१औँ मिनेटमा मेसुकेले एपिएफका गोलरक्षकले क्लियर गर्न नसकेको फाइदामा एनआरटीलाई ३–१ को बलियो अवस्थामा पुर्‍याए । स्पष्ट दुई गोलको अग्रता लिएको एनआरटीले केवल चार मिनेट एपिएफलाई खुला अवसर दियो । एपिएफका खेलाडीले पनि यसको भरपूर फाइदा लिँदे खेल ३–३ को बराबरीमा पुर्‍याए । खेलको ६५औँ मिनेटमा कप्तान नवीन लामाको फ्रिकिक प्रहार दिपेशले एपिएफलाई ३–२ को अवस्थामा राखे । खेलको ६९औँ मिनेटमा नवीनले आशिषको क्रसमा एपिएफलाई ३–३ को बराबरीमा पुर्‍याए । 

पुलिस र फ्रेन्ड्सको बराबरी
नेपाल पुलिस क्लबले रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको छ । बराबरी नतिजापछि पुलिस आठौँ स्थानमा सीमित भयो । पुलिसले ६ खेलबाट ६ अंक जोडेको छ । फ्रेन्ड्सले ६ खेलमा तीन अंक मात्र हात पारेको छ । खेलको २९औँ मिनेटमा पुलिसका सुमन लामाले अग्रता दिलाउन सकेनन् । 

उनले डिबक्सबाट प्रहार गरेको बल नजिक हुँदै बाहिरियो । खेलको ४५औँ मिनेटमा पुलिसका मानबहादुर परियारको पासमा रवि पासवानले प्रहार गरेको बल क्रसबारमा लागेको थियो  खेलको ६२औँ मिनेटमा फ्रेन्ड्सका एन्थोनिकको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाए ।  

दुई पेनाल्टीको दाबी
एपिएफले गरेको पछिल्लो दुवै गोल आफ्नै खेलाडीकै सामान्य गल्तीमा भएको शाक्यको भनाइ छ । ‘विक्रमले निकै चलाखीपूर्ण रूपमा गोल गरे, डिबक्समा नवीन लामामाथि मार्किङ भएन, जसका कारण लगातार दुई गोल भएको हो,’ उनले भने, ‘सामान्य डिफेन्सको गल्तीमा नतिजा बराबरीमा निस्कियो ।’  पाँचौँ चरणमा स्पष्ट तीन अंक बटुलेको एपिएफका प्रशिक्षक कुमार थापाले जित्नुपर्ने खेल बराबरीमा सकिएको जनाए ।

‘एनआरटीलाई जित्नु नै पर्ने थियो, तर हामीले खेल आफ्नो पक्षमा राख्न सकेनौँ,’ थापाले भने, ‘दुई गोलले पछि परेको अवस्थामा हामीले गोल फर्कायौँ ।’ एनआरटीका प्रशिक्षक शाक्यले रेफ्रीको विषयमा खासै नबोले पनि एपिएफका प्रशिक्षक थापाले आलोचना गरेका छन् । थापाका अनुसार एपिएफले दुई पेनाल्टी पाउनुपर्ने थियो । उनी भन्छन्, ‘खेलमा हामीले दुई पेनाल्टी पाउनुपर्ने थियो, पेनाल्टी दिनुपर्ने अवस्थामा पाएनौँ, रेफ्रीलाई सिकाउन चाहन्नँ, तर निर्णय सही  हुनुपर्ने हो ।’ थापाले रेफ्रीको निर्णयप्रति दुःखी भएको बताए ।

‘समग्रमा रेफ्रीको निर्णयबाट म दुःखी भएको छु,’ थापाले भने, ‘अहिले रेफ्रीहरूले आफ्नो ग्रेडिङ र गुणस्तर बढाउनुपर्छ ।’ दरशथ रंगशालामा दुई गोलले पछाडि परेको अवस्थामा उत्कृष्ट कमब्याक दिलाउन एपिएफका लागि आशिष लामा, दिपेश धिमाल र नवीन लामाले समान एक गोल गरेका थिए । एनआरटीका लागि दर्शन गुरुङले दुई गोल र मेसुके ओलुमोईले एक गोल ठोके । खेलको ३२औँ मिनेटमा एनआरटीले दर्शनको गोलबाट १–० को अग्रता लियो । 

ad
ad