Skip This
बागमतीका मुख्यमन्त्री पाण्डेको दाबी– एमाले संसदीय अभ्यास मास्ने खेलमा छ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format २१:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीका मुख्यमन्त्री पाण्डेको दाबी– एमाले संसदीय अभ्यास मास्ने खेलमा छ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:५३:oo

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग स्पष्ट जवाफ माग गरेर प्रमुख प्रतिपक्ष एमाले प्रदेश सभा बैठकमा अनुपस्थित भएको छ । बुधबारको बैठकमा एमालेले मुख्यमन्त्री पाण्डेले प्रदेशलाई आर्थिक भार पार्ने गरी १४ वटा मन्त्रालय विस्तार गर्नुको औचित्य, प्रदेशको महत्वका योजनाको कटौती गर्नुको कारण र आफ्नो पार्टीको कमिटी बनेमा मात्रै बजेट हाल्ने अभिव्यक्ति दिएको विषयमा स्पष्ट जवाफ दिनुपर्ने माग गरेको थियो । 

बिहीबारको दोस्रो बैठकमा जवाफ दिन मुख्यमन्त्री तयार देखिएपछि एमाले सांसद भने बैठकमा गएनन् । बिहीबार दोस्रो चरणको बैठकमा मुख्यमन्त्री पाण्डेले जवाफ दिने कार्यसूचीअनुसार बैठक अघि बढाइए पनि प्रदेश सभा बैठक स्थगित गराउने नीतिका साथ एमालेका सांसदहरू अनुपस्थित भएका थिए । 

एमालेसँगै नेमकिपा र राप्रपाका सांसदहरू पनि बैठकमा बसेनन् । बिहीबारकै पहिलो बैठकमा नेमकिपा र राप्रपाका सांसद उपस्थित थिए । विपक्षीको प्रतिनिधित्व गर्दै विवेकशील साझा पार्टी संसदमा बसेपछि सानुकुमार श्रेष्ठले बैठक अघि बढाएका थिए ।

एमालेको अवरोधले पहिलो बैठक स्थगित भएपछि प्रदेश सभा सचिवालयले २ बजेका लागि दोस्रो बैठक आह्वान गरेको थियो । एमाले बागमतीका सचेतक दीपक निरौलाले दोस्रो बैठकको सूचना ढिला गरी आएको र मुख्यमन्त्रीले बोल्ने जानकारी पनि नगराएकाले बैठकमा उपस्थिति नभएको प्रतिक्रिया दिए । ‘स्थगित भएपछि हामी संसदमा बसेनौँ । मुख्यमन्त्रीले जवाफ दिनेबारे हामीलाई थाहा छैन ।’ निरौलाले भने ।

दोस्रो बैठकमा मुख्यमन्त्रीले प्रदेश सभामा उठेका प्रश्नको जवाफ दिने कार्यसूची सभामुखले हटाएका थिए । कार्यव्यवस्था परामर्श समितिले मुख्यमन्त्रीले जवाफ दिने निर्णय गरे पनि सभामुखले प्रदेश सभामा उक्त कार्यसूची प्रस्तुत नगरेको वन तथा बातावरणमन्त्री विशाल खड्काले बताए । सभामुखले जवाफ दिने कार्यसूची हटाएपछि मुख्यमन्त्री पाण्डेले बैठकमै उठेर बैठकमा उठेका प्रश्नहरूको जवाफ दिन समय मागेका थिए । 
 

एमाले संसदीय अभ्यास मास्ने खेलमा छ :  मुख्यमन्त्री पाण्डे
मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा एमाले संघदेखि प्रदेशसम्म संसद् अवरुद्ध गरेर संसदीय अभ्यास मास्ने खेलमा लागिपरेको आरोप लगाएका छन् । पाण्डेले एमालेले केन्द्रको सिको प्रदेशमा गरिरहेको दाबी गर्दै एमालेका सांसद सदनमा उपस्थिति नभएकोमा आपत्ति जनाए । 

‘मुख्यमन्त्रीमाथि लाञ्छना बोकेर हिँड्नु राम्रो होइन । मैले आफ्नो प्रस्टीकरण दिन पाउनुपर्छ ।,’ पाण्डेले भने, ‘प्रश्न गर्ने, जवाफ नदिएसम्म संसद् अवरोध गर्ने भन्ने अनि जवाफ दिन उभिँदा सभामुखले लाइन काट्ने, एमालेका सांसद संसद् छाडेर हिँड्ने यो कस्तो संसदीय अभ्यास हो ?’

उनले ५६ दिने मुख्यमन्त्रीलाई एक हजार दुई सय ९० दिन सरकार चलाएका डोरमणि पौडेलले काम गरेन भनेर प्रश्न गर्नु हास्यापद भएको बताए ।