१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गैरसरकारी संस्थाहरूलाई आवश्यक सुरक्षा दिन गृहमन्त्री खाणको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:१o:oo

गृहमन्त्री बालकृष्ण खाणले गैरसरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। गैरसरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले देश विकासको अभियानमा संलग्न गैरसरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।

सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको उनले प्रस्ट पारेका छन्। गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व्यवसायसँग सम्बन्धित कुनै पनि संस्थाहरूमा सरकारले नियन्त्रणकारी, हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको उनको भनाइ थियो। गैरसरकारी संस्थाहरूले कोरोना संकट, बाढी, पहिरोलगायतका प्राकृतिक विपतमा पनि उल्लेखनीय काम गरेको भन्दै उनले गैरसरकारी संस्थाहरूको मागअनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन सरकार तयार रहेको बताए।

‘तपाईंहरू गैरसरकारी संस्थामार्फत लाखौँ नेपाली दिदीबहिनीहरू, दाजुभाइहरू देश विकासको अभियानमा हुनुहुन्छ। त्यसकारणले तपाईंहरूको कठिनाइलाई ध्यानमा राखेर सरकारले हस्तक्षेपकारी भूमिका होइन, नियन्त्रणकारी भूमिका होइन, गैरसरकारी संस्थाका सन्दर्भमा वा अन्य उद्योगी, व्यवसायी संस्था र कम्पनीहरूका लागि पनि सरकारले सहयोगी भूमिका निर्वाह गर्नेछ,’ गृहमन्त्री खाणले भने, ‘आवश्यक पर्‍याे भने जिल्ला सुरक्षा निकायले तपाईंहरूलाई सुरक्षा प्रदान गर्नेछ। म यसै मञ्चबाट गृह मन्त्रालयमातहतका सुरक्षा निकायहरूलाई, प्रशासनलाई निर्देशन दिन चाहन्छु– गैरसरकारी संस्थाहरूलाई आवश्यक परेको सहयोग, विधिसम्मत सहयोग र सुरक्षा तत्काल उहाँहरूको मागअनुसार पूरा गर्नुहोस् ।’

ad
ad