१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o७:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सामान्य घट्यो नेप्से, कारोबार रकममा सुधार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:३९:oo

झिनो अंकले सेयर बजारमा गिरावट आएको छ । मंगलबार नाटकीय ढंगले सर्किट ब्रेक लाग्दै छोटो समयमै बजार बन्द हुन पुगेको थियो । बुधबार भने नेप्से सूचक ४ दशमलव २३ अंकले घटेर दुई हजार चार सय १४ बिन्दुमा आइपुगेको छ । 

अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचकमा सामान्य करेक्सन आउनुलाई सामान्य रूपमा लिइन्छ । बजारको दिशा अहिले स्पष्ट हुन नसकेको लगानीकर्ताहरू बताउँछन् । बढेको बजारमा लगानीकर्ताहरूमा नाफा बुक राख्ने प्रतिस्पर्धा चलेको छ । जसको कारणले पनि बजारमा उतारचढाव आएको छ । लगानीकर्ताहरू सेयर होल्ड गर्न पर्खिरहेका छन् भने साधारणसभाको समय चलेको छ । सरकारी तर्फबाट पनि लगानीकर्ताले पछिल्लो सकारात्मक आश्वासन पाएका छन् । जसले गर्दा बजारलाई थप लगानी गर्न प्रेरित गरेको छ ।

अघिल्ला दिनहरूको भन्दा कारोबार रकममा सुधार आएको छ । बुधबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २८ कम्पनीको करिब एक करोड कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ५८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको सबैभन्दा बढी १६ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । नेसनल हाइड्रोपावर, अपी पावर, नबिल बैंक, हिमालयन डिस्टिलरीको १५ करोड रुपैयाँदेखि १२ करोड रुपैयाँसम्मको कारोबार भएको छ । सामान्य घटेको नेप्से सूचकमा लगानीकर्ता फाइनान्सतर्फ आकर्षित देखिएका छन् । त्यस्तै, विकास बैंक, जलविद्युत्मा पनि लगानीकर्ताको आकर्षण कायम रहेको देखिन्छ । 

९६ वटा कम्पनीको मूल्य बढेको छ भने ८४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सामलिङ पावर कम्पनीको १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ भने दिव्यश्वरी हाइड्रोपावर, आँखुखोला जलविद्युत् परियोजना, आइसिएफसी फाइनान्स, बेस्ट फाइनान्स कम्पनीको सेयर मूल्य सात प्रतिशतभन्दा बढीले बढेको छ । नयाँ सारथि लघुवित्त वित्तीय संस्था, जानकी फाइनान्स, मन्जुश्री फाइनान्सको भने पाँचदेखि तीन प्रतिशतसम्म घट्न पुगेको छ । 

ad
ad