Skip This
नागढुंगा सुरुङमार्गको भौतिक प्रगति अपेक्षितभन्दा न्यून, २५ प्रतिशत भौतिक प्रगति
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर : नयाँ पत्रिका
जीवन बस्नेत काठमाडौं
Invalid date format o८:११:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नागढुंगा सुरुङमार्गको भौतिक प्रगति अपेक्षितभन्दा न्यून, २५ प्रतिशत भौतिक प्रगति

कुल पाँच हजार चार सय ९९ मिटर सुरुङ लम्बाइमध्ये एक हजार आठ सय ८८ मिटर खनियो, कुल ११ भौतिक संरचना निर्माण गर्नुपर्नेमा सात सम्पन्न

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:११:oo

निर्माणाधीन नागढुंगा सुरुङमार्ग निर्माणको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यसअघि २५ असोजमा भौतिक प्रगति २३ प्रतिशत थियो । आयोजना कार्यालयले प्रत्येक हप्ता ४ प्रतिशतका दरमा भौतिक प्रगति हुने जानकारी गराएको थियो । तर, चाडपर्वमा आठ दिन बिदा र आयोजनास्थलमा भएको दुर्घटनाबाट मजदुरको ज्यान जाँदा १४ दिन काम बन्द हुँदा अपेक्षाकृत प्रगति नभएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । ‘अब फेरि आयोजना निर्माणको कामलाई गति दिइसकेका छौँ,’ उनले भने । 

आयोजना कार्यालयले मुख्य सुरुङ ०७९ साउनसम्ममा छेडिने (ब्रेक थ्रू) जानकारी दिएको छ । त्यसअघि ०७८ चैतभित्रमा अडिट टनेलहरू निर्माण सक्ने कार्ययोजना रहेको छ । अडिट र मुख्य गरी कुल पाँच हजार चार सय ९९ मिटर लम्बाइ सुरुङ खन्नुपर्नेछ । ‘त्यसमध्ये १७ मंसिरसम्ममा एक हजार आठ सय ८८ मिटर खनिसकिएको छ,’ आयोजना प्रमुख शाक्यले भने । 

आयोजनामा मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर रहेको छ । त्यसमध्ये अहिलेसम्म पाँच सय ९९ मिटर सम्पन्न भएको छ । इभ्याकुएसन सुरुङ एक हजार एक सय २१, वर्किङ अडिट एक सय २६ र क्रस प्यासेज ४२ सम्पन्न भइसकेको छ । कुल इभ्याकुएसन, वर्किङ र क्रस प्याकेज क्रमशः दुई हजार पाँच सय ५७ मिटर, एक सय २६ मिटर र एक सय २८ मिटर रहेको छ । ‘खनिएको कुल लम्बाइमध्ये काठमाडाैंतर्फ एक हजार नौ मिटर र धादिङतर्फ आठ सय ७९ मिटर सम्पन्न भएकोे छ,’ आयोजना प्रमुख शाक्यले भने । 

आयोजनाको कुल लागत २२ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । थालनीमा २० अर्ब ६० करोड रुपैयाँ हुने अनुमान थियो । तर, जापानिज येन बलियो भएका कारण बढेर २२ अर्ब १४ करोड रुपैयाँ पुगेको हो । त्यसमध्ये जाइकाले सुरुङ निर्माणमा १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउनेछ । 

यसबाहेक संरचना निर्माणतर्फ एउटा अन्डरपास सम्पन्न भइसकेको छ । आयोजनाले कुल दुईवटा अन्डरपास बनाउने योजना छ । त्यस्तै, चारवटा बक्स कल्भर्टमध्ये तीनवटा, ओभर पास एउटा निर्माण सम्पन्न भइसकेको जानकारी दिएको छ । त्यस्तै, तीनवटा पुल निर्माणमध्ये दुईवटा सकिएका छन् भने फ्लाइओभर निर्माणका लागि जग्गा प्राप्तिको काम भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ । कुल ११ वटा संरचना निर्माण गर्नुपर्नेमा अहिलेसम्म सातवटा सम्पन्न भइसकेका छन् । 

नागढुंगा सुरुङ ०७७ पुसदेखि औपचारिक निर्माण थालिएको आयोजनाको मोबिलाइजेसन पेस्कीसमेत गरेर ३३ प्रतिशत आर्थिक प्रगति भएको छ । आयोजनामा २६ जनाको उच्च व्यवस्थापन नेतृत्वमा जापानिज रहेका छन् भने करिब ५० जना नेपाली इन्जिनियर संलग्न छन् । कुल कामदार संख्या ६ सयको  हाराहारीमा भएको आयोजना कार्यालयले जानकारी दिएको छ । आयोजना अप्रिल २०२३ मा सम्पन्न गर्ने ठेक्का सम्झौता छ । 

आयोजनाको कुल लागत २२ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । थालनीमा २० अर्ब ६० करोड रुपैयाँ हुने अनुमान थियो । तर, जापानिज येन बलियो भएका कारण बढेर २२ अर्ब १४ करोड रुपैयाँ पुगेको हो । त्यसमध्ये जाइकाले सुरुङ निर्माणमा १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउनेछ । बाँकी पाँच अर्ब ८५ करोड रुपैयाँ भने नेपाल सरकारको हुनेछ । नेपाल सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक काममा खर्च हुनेछ । कोभिड–१९ ले गर्दा कार्ययोजनाअनुसार काम नभए पनि गति बढाएर समयमै सक्ने प्रयास भइरहेको आयोजना व्यवस्थापनले जानकारी दिएको छ । आयोजनाका प्राविधिकहरूका अनुसार पूर्व (काठमाडौंतर्फ) र पश्चिम (धादिङतर्फ) दुवैतर्फ  सुरुङ खन्ने कामलाई गति दिइएको छ ।