१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १o:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पुस १५ देखि २३औं पोखरा सडक महोत्सव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:४o:oo

कोरोना कहरले पर्यटन क्षेत्र ध्वस्त हुँदा पनि आफ्ना नियमित संस्करणलाई कायम राख्न सफल पोखरा सडक महोत्सवको २३ औं संस्करण १५ पुस देखि सुरु हुने भएको छ । लेकसाइडको तीन किलोमिटर सडक क्षेत्र र कोमागाने पार्कमा सडक महोत्सव हुने आयोजक संस्था रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)ले जनाएको छ।

कोरोना कहरकै बीचमा पनि निरन्तरता दिइएको सडक महोत्सवमा यसपाली पनि स्वास्थ्य मापदण्डलाई मध्येनजर गर्दै महोत्सव गर्न लागिएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । उनले नयाँ कोरोना भेरियन्ट ओमिक्रोनले विश्व जगतमा नै त्रास फैलिएको भए पनि 'पोखरा खुलै छ' भन्ने सूचना प्रवाह गर्नका लागि महोत्सव आयोजना गर्न लागेको बताए ।

‘हामीले विगतका कठिन दिनमा पनि सडक महोत्सवलाई निरन्तरता दिएका छौं । अहिले केही सहज भएको र हामीलाई आन्तरिक पर्यटकले उत्साहित पारिरहेको अवस्था पनि छ । यसबीचमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासपनि विश्वजगतमा छ नै । यो बेला पनि हामी 'पोखरा सुरक्षीत छ' भन्ने सन्देश दिन चाहन्छौं । बाह्य पर्यटकको उपस्थिति नरहेपनि आन्तरिक पर्यटकलाई स्वास्थ्यका मापदण्डको पनि ख्याल गर्दै पोखरा आउन निमन्त्रणा दिन्छौं’ उनले भने ।

महोत्सव अवधिमा तीन किलोमिटर क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुसा प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुङ्गा दौड, ह्विलचियर दौड, वेटर रेस जस्ता गतिविधिहरू सञ्चालन हुनेछन् ।

महोत्सव अवलोकनमा आउनेहरूको सहजताका लागि रात्रिकालिन बस सेवाको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यसका लागि पोखरा बस व्यवसायी समितिसहित पोखरामा क्रियासिल बस व्यवसायीसंग छलफल भइरहेको अध्यक्ष बरालले बताए ।

महोत्सव रेवान पोखराले आयोजना गरेको भएपनि पोखरा पर्यटन परिषद् अन्तर्गतका सबै पर्यटकीय संघ संस्थाहरुको साझा कार्यक्रम भएकाले भव्य र सभ्य ढंगले महोत्सवलाई सफल पारिने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । ‘सडक महोत्सव रेवान पोखराले आयोजना गर्छ । तर, यो महोत्सव पोखरा पर्यटन परिषद् अन्तर्गतका सबै पर्यटकीय संस्थाको साझा महोत्सव हो । अझ पोखरेलीको प्रतिष्ठासंग जोडिएको अन्तर्राष्ट्रियरुपमै सन्देश दिने महोत्सव हो । त्यसैले यसलाई सफल पार्नु हामी सबैको उत्तिकै दायित्व रहन्छ र सहकार्य गरेरै महोत्सव सफल पार्छौं’ उनले भने ।

पोखरा सडक महोत्सव सम्पन्न गर्न संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराईको संयोजकत्वमा सचिव भीष्मराज पौडेल र सह कोषाध्यक्ष रोशन जङ्ग कार्की सहसंयोजक रहने गरी विभिन्न उपसमितिहरू गठन गरेर तयारीलाई अगाडि बढाइएको  छ ।

प्याकेज घोषणाको तयारी
पोखरा सडक महोत्सवमा आउने पर्यटकलाई आकर्षण गर्न महोत्सव अवधिभर होटल, खाना र विभिन्न सेवामा छुट प्याकेज घोषणा गर्ने व्यवसायीको तयारी छ ।पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले भने, 'महोत्सवमा आन्तरिक पर्यटकलाई आकर्षित गर्न केही न केही प्याकेज घोषणा गर्नु पर्ने छ । त्यसका लागि समय रहेको र आन्तरिक रुपमा सल्लाह भइरहेको छ।'

पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले अहिले आफ्नो रेटका ५० प्रतिशत कममा होटलकारुमहरु विक्रि भइरहेको भन्दै आउने पर्यटकका लागि बासको कुनै समस्या नहुने बताए ।

पर्याप्त मात्रामा पूर्वाधार बनेकाले होटलमा रुम पाइँदैन की ?  ठगिन्छ की ? भन्ने चिन्ता कसैले गर्न नपर्ने उनले प्रष्ट्याएका छन् । महोत्सव अवधिमा गुणस्तरीय खाना र खाजाका परिकारका साथै मुल्यमा तलमाथि हुन नदिन र तोकिने छुट समेत अनिवार्य गराउन अनुगमन समितिले काम गर्ने उनले जानकारी दिए ।

ad
ad