१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o७:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

महाधिवेशन प्रतिनिधिलाई स्वाद नदोहोरिने गरी खाना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:१७:oo

नेपाली कांगेसको १४औँ महाधिवेशनमा प्रत्येक दिन स्वाद नदोहोरिने गरी खानाको मेनु तयार भएको छ । खाना व्यवस्थापनको जिम्मा पाएका अनुपम फुडल्यान्ड र दियालो फुडल्यान्डले त्यस्तो मेनु तयार पारेका हुन् ।

उनीहरूले दैनिक ६ देखि आठ हजार सहभागीलाई खाना खुवाउनेछन् । तर, यसअघि पनि हजारौँलाई एकैपटक खाना खुवाएको अनुभव रहेकाले व्यवस्थापनमा समस्या नहुने अनुपमका अपरेसन म्यानेजर राकेश विष्टले बताए । दियालो फुडल्यान्डका व्यवस्थापक रमेश खनालले पनि हजारौँ समारोह र ठूला इभेन्ट म्यानेज गरिरहेकाले कांग्रेस महाधिवेशनमा सहज रूपमा खानाको व्यवस्थापन गरिने बताए । 

महाधिवेशनका लागि १०–१५ वर्ष लामो अनुभव भएका जनशक्ति प्रयोग गरिएको छ । खानाको स्वाद कायम गर्न अनुपम फुडल्यान्डका तर्फबाट सेफ ध्रुव आचार्य र दियालोका तर्फबाट सेफ यमलाल भण्डारीले जिम्मा पाएका छन् । दुवैसँग १५ वर्षभन्दा लामो अनुभव छ । सेफ आचार्यले महाधिवेशनका लागि प्रत्येक दिन स्वाद नदोहोरिने गरी मेनु तयार पारिएको जानकारी दिए । 

‘हामीले नेपाली खानालाई जोड दिएर मेनु तयार पारेका छौँ,’ आचार्यले भने, ‘प्रत्येक दिन फरक–फरक खाना खुवाउनेछौँ । सबै उमेरसमूहका नेता–कार्यकर्तालाई ध्यानमा राखेर हामीले मेनु तयार पारेका छौँ ।’ सेफ भण्डारीले लामो समयदेखि आर्जन गरेको अनुभवलाई महाधिवेशनको खाना व्यवस्थापनमा लगाउने बताए । ‘बजारबाट सामग्री ल्याउँदादेखि नै गुणस्तरलाई ख्याल गर्नेछौँ । गुणस्तरमा कमी हुन दिनेछैनौँ,’ उनले भने । 

खाना खुवाउने स्थल : भृकुटीमण्डप गार्डेन

खाना खुवाउने व्यवस्था उद्घाटनस्थलको बायाँतर्फ रहेको पार्कमा हुनेछ । यसका लागि २० देखि ३० वटासम्म स्टल राख्ने तयारी भइरहेको छ । स्टलमा मांसाहारी र शाकाहारी खानाका लागि छुट्टाछुट्टै स्टल रहनेछन् । त्यसका लागि एक सय ६० जनशक्तिले दुई सिफ्टमा काम गर्नेछन् । अनुपम फुडल्यान्डका अपरेसन म्यानेजर विष्टका अनुसार व्यवस्थापनका लागि दियालोका देशभरका चार आउटलेट र अनुपमका जनशक्ति खटाइनेछ । त्यसबाहेक केही सहयोगी र सफाइ कर्मचारी आउटसोर्सिङ गरिएको छ । खाना बनाउन नेपाली खानाका ६० दक्ष सेफ खटिने उनले जानकारी दिए । 

महाधिवेशनको खाना मेनु
 २४ मंसिर (उद्घाटनको दिन)
डिनर : जिरा राइस, मटन करी, चिकेन फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही । 
 २५ मंसिर
ब्रेकफास्ट : चना, उसिनेको अन्डा, ब्रेड जाम, चिया र कफी ।
लन्च : जिरा राइस, चिकेन करी, फिस फ्राइ, बोडी दाल, भेज करी, साग, सलाद, आँपको अचार र दही । 
डिनर : प्लेन राइस, मटन करी, चिकेन रोस्ट, भेज करी, दाल फ्राइ, साग, सलाद, मेथी अचार र दही ।
 २६ मंंसिर
बे्रकफास्ट : हलुवा, पुरी, तरकारी, चिया र कफी । 
लन्च : भेज पुलाउ, मटन करी, चिकेन फ्राइ, दाल तड्का, भेज कडाइ, मिक्स साग, सलाद, मिक्स अचार र फ्रुट एन्ड कर्ड ।
डिनर : जिरा राइस, चिकेन करी, फिस फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, आँप अचार, स्विट योगर्ट ।
२७ मंसिर
ब्रेकफास्ट : पराठा, तरकारी, अचार, चिया, कफी 
लन्च : प्लेन पुलाउ, मटन करी, फिस फ्राइ, मिक्स 
दाल फ्राइ, मिक्स भेज करी, रायो साग, सलाद, हट पिकल, दही 
डिनर : जिरा राइस, 
चिकेन करी, चिकेन रोस्ट, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही ।

कति बजे के ?
ब्रेकफास्ट
७ बजेदेखि १० बजेसम्म
लन्च
११ देखि २ बजेसम्म
डिनर
६ देखि ८ बजेसम्म

ad
ad