१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपाल भन्छन्– एमालेले जबजको मूल्यमान्यतालाई तिलाञ्जली दिइसक्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:oo:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको टिप्पणी गरेका छन्। सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणीमा तिलाञ्जली दिइसकेको टिप्पणी गरे।

पार्टीको झन्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैँडालाई थमाइएको भन्दै उनले एमालेको झन्डा बाँदरले बोक्नुपर्ने दिन आउने बताए। एमालेभित्र रहेका नेताहरूको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै उनले अबका दिनमा राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादी एक हुने दाबीसमेत गरे।

‘त्यो जमात अब क्रान्तिकारी रहेन। कम्युनिस्ट चरित्रलाई कायम राख्न सकेन। मार्क्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ। त्यो नारायणी नदीमा बगाइदिसकेको छ,' उनले भने, 'पार्टीको झन्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैँडालाई थमाइएको एमालेको झन्डा अबका दिनमा बाँदरका हातमा सुम्पिएर बोक्ने अवस्था आउनेछ। त्यहाँ रहेकाहरूको हरिबिजोग भएको छ। हामी त्यहाँ रहेको भए के हुन्थ्यो ? सबैलाई थाहा छ– सच्चिनेवाला कोही छैन त्यहाँ भनेर।’

ad
ad