१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

तिलाका १५० उद्यमीलाई सहुलियत कर्जा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:३७:oo

जुम्लाको तिला गाउँपालिकाका १५० नव उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गरिने भएको छ। आर्थिक विकास तथा विपन्न नागरिकको आयआर्जन वृद्धिका साथै जीविकोपार्जन सुधारका लागि १५० उद्यमीले सहुलियत कर्जा पाउने भएका हुन्।

गाउँपालिकाले चालु आर्थिक वर्षमा नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पालिकाकै त्रिपक्षीय सम्झौता तथा समन्वयमा आर्थिक समृद्धिका लागि उद्यमी छनोट गरी सहुलियत कर्जा प्रवाह गर्न थालिएको हो। गाउँपालिकाका १५० उद्यमीले विभिन्न व्यवसाय उद्यम सञ्चालनका लागि १४ करोड बढीको सहुलियत कर्जा पाउने छन्। कम्तीमा १० लाखदेखि एक करोड रुपैयाँसम्म सहुलियत कर्जा प्रदान गरिनेछ।

सहुलियत कर्जाका लागि तिला गाउँपालिकाका नाैवटै वडाका ६३२ महिला, युवा तथा अन्य नागरिकले फर्म भरेका थिए। तीमध्ये व्यवसायको प्रकृति उद्यमीको योग्यता क्षमतालाई मध्यनजर गर्दै सहुलियत कर्जाका लागि १५० उद्यमी छनोट भएको गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताए। उनका अनुसार नवउद्यमी छनोटमा दलित, महिला र युवालाई बढी प्रथामिकता दिइएको छ।

ad
ad