१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o८:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राप्रपाको पदाधिकारीमा को को विजयी भए? (मत परिणामसहित) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:२१:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका छन्। पार्टीको उपाध्यक्ष (खुला) मा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान विजयी भएका छन्। महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएकी छन्। पाण्डेले २५२१, तामाङले १९४४ र प्रधानले १८१४ मत प्राप्त गरेका छन्।

पराजित उम्मेदवार दिलविकास राजभण्डारीले ११९४, रामचन्द्र राय यादवले ९६७ र जगतप्रसाद गौचनले ८९० मत प्राप्त गरेका छन्। महिला उपाध्यक्षतर्फ पराजित लिलादेवी श्रेष्ठले १०५४ र दुर्गा श्रेष्ठले ८०५ मत प्राप्त गरेका छन्।

महामन्त्री (खुला) तर्फ डा. धवल शमशेर राणा र भुवन कुमार पाठक विजयी भएका छन्। राणाले २२२१ र पाठकले १७०५ मत प्राप्त गरे। पराजित भास्कर भद्राले १५६७ र श्यामप्रसाद तिमिल्सिनाले १०६१ मत प्राप्त गरे। महामन्त्री (महिला) तर्फ कुन्ती कुमारी शाही विजयी भएकी छन्। उनले २००८ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी रेखा थापाले १६४० मत प्राप्त गरिन्।
 

ad
ad