१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार o८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सुदूरपश्चिम र लुम्बिनीबीच उपाधि भिडन्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o८:५५:oo

सुदूरपश्चिमले लुम्बिनी प्रदेशविरुद्ध यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले शुक्रबार बागमती प्रदेशलाई आठ विकेटले हराउँदै लुम्बिनीविरुद्धको फाइनल भेट पक्का गरेको हो । तालिकामा सुदूरपश्चिमले आठ अंक जोड्दै अन्तिम दुई स्थान पक्का गरेको हो । यसअघि नै लुम्बिनी १० अंकका साथ फाइनलमा पुगेको थियो ।

पहिलो ब्याटिङ गरेको बागमती ३०.१ ओभरमा ९५ रनको झिनो योगफलमा समेटियो । प्रत्युत्तरमा सुदूरपश्चिमले २३.१ ओभरमा केवल दुई विकेटको नोक्सानीमा ९६ रन जोडदै फाइनल स्थान सुरक्षित गर्‍यो । सुदूरपश्चिमको जितमा नरेन भट्टले ५८ बलमा ३७ रनको योगदान दिएका थिए । 

नरेन र राहुल भण्डारीले तेस्रो विकेटका लागि ५९ रनको अविजित साझेदारी गरेका थिए । राहुलले ३९ बलमा पाँच चौकाको सहयोगमा ३१ रनको योगदान दिए । ओपनर खड्ग बोहराले पाँच तथा वसन्त कार्कीले ११ रन बटुले । यसअघि ब्याटिङ गरेको बागमतीले हमेन्त धामी र सेर मल्लको घातक बलिङ सामना गर्न सकेन । 

हेमन्तले १० ओभरमा चार मेडन राखी पाँच विकेट लिएका थिए । हेमन्तले प्रतिओभर १.९० रनरेटमा प्रदर्शन गरे । सेरले ५.१ ओभरमा ३१ रन खर्चेर चार विकेट लिए । बागमतीको ब्याटिङ इनिङ्समा विवेक मगरले ७५ बलमा ३२ रन बनाए । उनले चार चौका प्रहार गरेका थिए । यसैगरी कृष्ण कार्कीले ३० बलमा दुई चौका र एक छक्काको सहयोगमा १७ रन जोडे । सो इनिङमा तेस्रो सर्वाधिक रन नै अतिरिक्त रूपमा रह्यो । 

ad
ad