१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका स्याङ्जा
२o८१ बैशाख २१ शुक्रबार ११:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ऐतिहासिक दरबार निर्माणका लागि महोत्सव हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२३:oo

स्याङ्जाको स्यालबासस्थित ऐतिहासिक दरबार निर्माणका लागि सांस्कृतिक महोत्सव हुने भएको छ। हात्तीस्थान फाउन्डेसन समिटले पुस १५, १६ र १७ मा स्याङ्जा गल्याङकोटदेखि १३ किमि उत्तरमा रहेको स्यालबासस्थित उक्त दरबार निर्माणका लागि हात्तीस्थान(तामेकोट समिट महोत्सव आयोजना गर्न लागेको हो। 

करिब साढे सात वर्ष पहिले उक्त स्थानमा १४ कोठाको तीनतले तामेकोट दरबार रहेको इतिहास रहेको छ। अझैं पनि दरबार र ऐतिहासिक ढुंगाका अवशेष रहेको उक्त ठाउँमा आलम नामका राजा रहेको बताइन्छ। राजा यौनलिप्त भएर राज्यप्रति बेफिक्री भएपछि रानी बेगमले उनलाई नजरबन्द गरेर सेनापति अर्थमसँग मिलेर राज्य संचालन गरेको कथन रहेको फाउन्डेसनका अध्यक्ष शिवशंकर बस्यालले बताए। पछि भयकोट, चन्द्रकोट र पैयुकोट गरी तीन भुरे राज्यले संयुक्त हमला गरी तामेकोट राज्य नियन्त्रणमा लिएको लोककथा स्थानीयमाझ प्रचलनमा रहेको छ। 

उक्त ऐतिहासिक दरबार पुनर्निर्माणका लागि फाउन्डेसनको पहलमा महोत्सव गर्न लागिएको जानकारी बस्यालले दिए। करिब १० करोड रुपैयाँ निर्माण लागत अनुमान गरिएको उक्त दरबार पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकार र स्थानीय तहले सहयोग प्रतिवद्धता गरेकोमा केन्द्र सरकारसँग पनि पहल भइरहेको फाउन्डेसनले जनाएको छ।

ad
ad