१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एन्ड्र्यु सुलिभ्यान
२०७८ मङ्सिर १६ बिहीबार ०८:१५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

शत्रु होइन इन्टरनेट

Read Time : > 2 मिनेट
एन्ड्र्यु सुलिभ्यान
२०७८ मङ्सिर १६ बिहीबार ०८:१५:००

रूपान्तरणकारी प्रविधिको समाज र व्यक्तिमा ठूलो प्रभाव हुन्छ । आज हामी जुन परिवर्तनबाट गुज्रिरहेका छौँ, त्यसको मुख्य जस इन्टरनेटको उदयलाई जान्छ ।


आजको युग चमत्कारको युगमा हो, जहाँ विश्वको आधा जनसंख्याले इन्टरनेटबाट धेरै फाइदा उठाइरहेका छन् । धेरै मानिसले इन्टरनेटको प्रयोगमार्फत स्वास्थ्य तथा शिक्षामा विभिन्न सहयोग लिने गर्छन् । विपद् र महामारीका समयमा यो झन् बढी सहयोगी साबित हुने रहेछ भनेर कोरोना महामारीका समयमा देखिइसकेको छ । महामारीका समयमा धेरैले घरमै बसेर एकअर्कासँग जोडिने मात्र काम गरेनन्, कैयौँले तिनको कार्यालयको काम पनि पूरा गरे । अहिले धेरैले इन्टरनेटलाई अत्यावश्यक मान्न थालेका छन् । 

दुर्भाग्यवश ! हामी बाँचेको युग डर र शंकाले भरिएको छ । आज इन्टरनेटलाई विगतका युद्ध वा महामारीभन्दा ठूलो खराबीका रूपमा देखाउने प्रयास भइरहेको छ । विश्वले सामना गरिरहेका कैयन् समस्याहरू– आतंकवाद, बालशोषण, यहाँसम्म कि प्रजातन्त्रको अन्त्यका लागि समेत इन्टरनेटलाई दोष दिइन्छ । तर, यी आरोपप्रति केही गम्भीर भएर सोचियो भने फरक निष्कर्ष आउँछ । फेक न्युज इन्टनेटको आगमनपछि उब्जिएको समस्या बताउनेहरूले २०औँ शताब्दीभर राज्यप्रायोजित प्रोपोगान्डा मसिनरीलाई बिर्सिरहेका छन् । 

त्यसैगरी, विशाल धन–सम्पत्तिको केन्द्रीकरण र शक्तिशाली एकाधिकार डिजिटल युगका नयाँ उत्पादन होइनन् । हिजो इन्टरनेटको अस्तित्व नरहँदा पनि युएस स्टिल, स्ट्यान्डर्ड आयल र ब्रिटिस तथा डच इस्ट इन्डिया कम्पनीजस्ता एकाधिकारवादी संस्था थिए । केही मानिस पछिल्लो समय घट्दो नागरिक मूल्य तथा विनम्रताका लागि पनि इन्टरनेटलाई जिम्मेवार ठहर्‍याउँछन् । यस्तो तर्क गर्नेहरूले ट्विटरको आगमन पहिले राजनीतिज्ञले झुट बोल्थे र तिनले घृणाजन्य भाषण गर्थे भन्ने बिर्सिएका हुन् ? 

रूपान्तरणकारी प्रविधिको समाज र व्यक्तिमा ठूलो प्रभाव हुन्छ । आज हामी जुन परिवर्तनबाट गुज्रिरहेका छौँ, त्यसको मुख्य जस इन्टरनेटको उदयलाई जान्छ । इन्टरनेटले धेरै नयाँ अवसर सिर्जना गरेको छ । केही अवसरहरू सामाजिक रूपमा निकै उपयोगी छन् । मानिसहरू अब टाढा रहेका परिवारका सदस्यसँग सजिलै र सस्तो दरमा कुराकानी गर्न सक्छन् । यसको दुरुपयोग गरेर ठगहरूले मानिसको रकम फुत्काउन पनि सक्छन् । इन्टरनेटका सबै असर अहिले स्पष्ट भइसकेको छैन । 

इन्टरनेटको आगमनपछि परम्परागत निकाय र नियमनकारी संस्थाहरूको नियन्त्रण गुम्दै गएका छन् । अब मानिसहरूले धेरै माध्यमबाट सूचना पाउन सक्छन् । आज इन्टरनेटका खराबी भनेर दोष दिइएका जति पनि विषय छन्, तिनलाई इन्टरनेटले सिर्जना गरेको होइन, ती पहिलेदेखि नै समाजमा थिए । विभिन्न देशका सरकार इन्टरनेटलाई नियमन गर्न लागेका छन् । तर, त्यसो गर्नुअघि हामी सही विषयलाई नियमन त गर्दै छौँ भन्ने प्रश्नको जवाफ दिनुपर्छ । 

कानुनी, आर्थिक र राजनीतिक प्रणालीले उत्पन्न गराएको समस्याका लागि इन्टरनेटलाई दोष दिने चलन बढेको छ । आतंकवाद, बालशोषण, यहाँसम्म कि प्रजातन्त्रको अन्त्यका लागि समेत इन्टरनेटलाई दोष दिइन्छ । खासमा इन्टरनेट हामी सबैको साझा औजार हो, त्यसैले यसलाई अन्य कुनै बहुमूल्य स्रोतलाई जसरी नै संरक्षण गर्नुपर्छ ।

आजका भीमकाय प्राविधिक कर्पोरेसनका समस्या र तिनको व्यापार तथा सार्वजनिक बहसमाथिको प्रभावलाई ख्याल गरौँ । केही विज्ञले ती कम्पनीले निश्चित तहको राजस्व कमाउन थालेपछि उनीहरूमाथि अंकुश लगाउनुपर्ने वकालत गर्छन् । तर, कर्पोरेसन केन्द्रीकरण इतिहासमा पहिलोपटक भइरहेको छैन । उन्नाइसौँ शताब्दीको अन्त्य र बीसौँ शताब्दीको प्रारम्भमा अमेरिका तथा कैयौँ देशका पेट्रोलियम उद्योगहरू स्ट्यान्डर्ड आयलको नियन्त्रणमा आएपछि सरकारले स्ट्यान्डर्ड आयलको शक्तिलाई सम्बोधन गर्न एकाधिकारविरोधी नीति ल्यायो, तेल नीति होइन । 

धेरै मानिस इन्टरनेटको प्रयोग गरेर देशभित्र र बाहिरबाट हुन सक्ने राजनीतिक हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्छन् । तर, यो परिघटनालाई इन्टरनेटको मात्र दोष देखाउनु लापरवाह हुनु त हो, साथमा ऐतिहासिक रूपमा त्रुटिपूर्ण हुनु पनि हो । इतिहासका विभिन्न चरणमा अमेरिका, फ्रान्स, रुस र चीन सबै हिंसात्मक क्रान्तिबाट गुज्रिए । त्यसवेला इन्टरनेट थिएन । र, इन्टरनेटको प्रयोग हुनुभन्दा धेरै अगाडिदेखि नै मुलुकहरूले अर्को देशको राजनीतिक प्रक्रियालाई प्रभावित बनाउने गर्थे । शीतयुद्धको समयमा सोभियत संघ र अमेरिकाबीच यस्तो कार्यमा प्रतिस्पर्धा हुने गथ्र्यो । 

राजनीतिक प्रणाली र प्रजातन्त्र तिनको सरकारको प्रभावकारी काम र वैधतामा निर्भर हुन्छ । राजनीतिक शासनप्रतिको आमअसन्तुष्टिलाई अर्को देशबाट आउने सूचनाको प्रवाहलाई रोकेर समाधान गर्न सकिँदैन । यो सन् १९१७ अघिको रुसको हकमा जति सही थियो, (जब सूचना कागजका पत्रिकामा छापिन्थे) आज डाटाको युगमा पनि त्यति नै सही छ । इन्टरनेटको हकमा मात्र लागु हुने केही चुनौती पनि छन् । जस्तो प्रविधिले विगतको कुनै समयभन्दा बढी तीव्रताका साथ सञ्चारको सुविधा दिएको छ । र, आज अनलाइनमा कुनै व्यक्तिको असली पहिचान छुट्याउन निकै कठिन हुन्छ । (कहिलेकाहीँ त हामीले व्यक्तिसँग नभएर कम्प्युटर बोटसँग अनलाइन संवाद गरिरहेका पनि हुन सक्छौँ ।) यस्ता विषयमा इन्टरनेटलाई लक्षित नियमनको आवश्यकता छ, तर त्यसले इन्टरनेटमाथि नकारात्मक असर नपर्ने कुरा प्रत्याभूत गरिनुपर्छ । 

इन्टरनेट हामीले संरक्षण गर्नुपर्ने पर्यावरण हो । सम्भावित नियमनको हकमा सबैभन्दा उत्कृष्ट विकल्प इन्टरनेटको प्रभाव विश्लेषण गर्नु हुनेछ । यो विश्लेषण नयाँ पूर्वाधार बनाउँदा गरिने वातावरणीय प्रभाव मूल्यांकनजस्तै हो । यस्तो मूल्यांकनमा कुनै निश्चित कदमले इन्टरनेटको हित गर्छ कि हानि गर्छ भन्ने निर्धारण गरिन्छ । सबैभन्दा महŒवपूर्ण विषय, कानुनी, आर्थिक र राजनीतिक प्रणालीले उत्पन्न गराएको समस्याका लागि इन्टरनेटलाई दोष दिनुहुँदैन । इन्टरनेट हामी सबैको साझा औजार हो, त्यसैले यसलाई अन्य कुनै बहुमूल्य स्रोतलाई जसरी नै संरक्षण गर्नुपर्छ ।