१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format o६:१९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल– २०२२ को मेघा अक्सन : धोनी, कोहली र रोहित पुरानै टोलीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१९:oo

यसपटकबाट आइपिएल १० टोलीले खेल्नेछन्, लखनउ र अहमदावाद आइपिएलमा नयाँ टिम छन् 
मेघा अक्सनअघि आयोजक बिसिसिआईले प्रत्येक क्लबलाई बढीमा चार खेलाडी ‘रिटेन’ गर्न भनेको छ

सन् २०२२ को इन्डियन प्रिमियर लिग (आइपिएल)को मेघा अक्सनअघि सहभागी टोलीहरूले खेलाडी रिटेन गरेका छन् । आइपिएलका स्टार खेलाडीका रूपमा रहेका महेन्द्रसिंह धोनी, विराट कोहली तथा रोहित शर्मा आ–आफनै पूर्ववत् टोलीमै रिटेन भएका छन् ।चेन्नई सुपर किंग्सले धोनी, रोयल च्यालेन्जर्स बैंग्लोरले विराट कोहली तथा मुम्बई इन्डियन्सले रोहित शर्मालाई नयाँ सिजनका लागि रिटेन गरेको भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले जनाएको छ । बिसिसिआईका अनुसार यसपटक २७ खेलाडी पुरानै टिममा बसेका छन् । 

मेघा अक्सनमा सहभागी फ्रेन्चाइज टोलीले कम्तीमा ९० करोड भारु खर्च गर्न सक्छन् । आइपिएलमा आठ टोलीले कम्तीमा चारजना खेलाडीलाई रिटेन गर्न पाउने प्रावधान छ । जसमध्ये तीनजना भारतीय खेलाडीसम्म राख्न पाउँछन् । यसैगरी दुई विदेशी तथा दुई अनक्याप्ड खेलाडीलाई पनि रिटेन गर्न पाउने प्रावधान छ । चेन्नई, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र मुम्बईले चार खेलाडीलाई रिटेन गरेका छन् । बैंग्लोर, राजस्थान रोयल्स तथा सनराइजर्स हैदरावादले दुई खेलाडीलाई रिटेन गरेको बिसिसिआईले जनाएको छ । यसपटकबाट आइपिएल १० टिमले खेल्नेछन् ।

लखनउ र अहमदावादले पनि यसपटकबाट आइपिएल खेल्नेछन् । मेघा अक्सनअघि आयोजक बिसिसिआईले प्रत्येक टिमलाई बढीमा ४ खेलाडी रिटेन गर्न भनेको छ । नयाँ दुई टोलीले तीन खेलाडी लिन पाउनेछन् । दुई विदेशी खेलाडी रिटेन गर्ने कोलकाता एक्लो टोली हो । नयाँ सिजनको आइपिएलका लागि आठ टोलीले खेलाडी रिटेन गर्दा ठूला स्टार क्रिकेटर पनि अक्सनको माध्यमबाट अनुबन्ध हुनुपर्नेछ । भारतका चर्चित खेलाडी हार्दिक पाण्ड्या, श्रेयस ऐयर, लोकेश राहुल भने रिटेन भएनन् । 
एउटा टोलीले कति खर्च गर्न पाउँछ ?
पुराना चार खेलाडीलाई साथ राखेको चेन्नईले अक्सनमा ४८ करोड भारु खर्च गर्न पाउँछ । यसैगरी दिल्लीले ४७.५ करोड भारु तथा कोलकाताले ४८ करोड भारु खर्च गर्न सक्छन् । आइपिएलको सर्वाधिक पाँचपटकको विजेता मुम्बईसँग अक्सनमा ४८ करोड भारु बजेट छ । पन्जाब किंग्सले ७२ करोड तथा राजस्थानले ६२ करोड भारुका साथ अक्सनमा खेलाडी किन्न सक्छन् । यसैगरी बैंग्लोरसँग ५७ करोड तथा सनराइजर्ससँग ६८ करोड बजेट बाँकी छ । 

रिटेनमा चार खेलाडी महँगा
आइपिएलका फ्रेन्चाइज टोलीले चार खेलाडीलाई रिटेन गर्दा महँगो मूल्य तिरेका छन् । मुम्बई इन्डियन्सले रोहितलाई आफूसँग राख्दा १६ करोड भारु तिरेको छ । यसैगरी चेन्नईले रवीन्द्र जडेजा, दिल्लीले ऋषभ पन्त र कोलकाताले एन्डे« रुसेललाई समान १६ करोड खर्चेका छन् । 

रिटेन खेलाडीका मूल्य (भारुमा)
बेंग्लोर : विराट कोहली (१५ करोड), ग्लेन म्याक्सवेल (११ करोड), मोहम्मद सिराज (सात करोड)
मुम्बई : रोहित शर्मा (१६ करोड), जस्प्रित बुमराह (१२ करोड), सूर्यकुमार यादव (आठ करोड), किरोन पोलार्ड (६ करोड)
पन्जाब किंग्स : मायांक अग्रवाल (१४ करोड), अर्सद सिंह (चार करोड)
हैदरावाद : केन विलयम्सन (१४ करोड), अब्दुल सामद (चार करोड), उमरान मलिक (चार करोड)
चेन्नई : रवीन्द्र जडेजा (१६ करोड), महेन्द्रसिंह धोनी (१२ करोड), मोइन अली (आठ करोड), ऋतुराज गैकवाड (६ करोड)
दिल्ली क्यापिटल्स : ऋषभ पन्त (१६ करोड), अक्षर पटेल (९ करोड), पृथ्वी साउ (आठ करोड), अनरिच नोटजे (६.५ करोड)
कोलकाता : सञ्जु सामसन (१४ करोड), जोस बटलर (१० करोड), यश्ववी जैसवाल (चार करोड)