मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १५ बुधबार
  • Monday, 31 August, 2026
२o७८ मङ्सिर १५ बुधबार ११:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, अन्य दुई घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १५ बुधबार ११:२२:oo

जुम्लाको सिँजा गाउँपालिका– २ स्थित  घोडेगंगामा बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। कनकासुन्दरी गाउँपालिकाको गुठीज्युलाबाट नेपालगन्जतर्फ जाँदै गरेको  ना.६ख ४४३८ नम्बरको यात्रुबाहक बस आज बिहान दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

प्रहरीका अनुसार घाइते दुईजनालाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्सबाट सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ ल्याइँदैरहेको छ। 

घटनास्थलतर्फ प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा टोली पनि गएको छ। प्रजिअ विजयाकुमारी प्रसाईंका अनुसार हालसम्म दुईजनाको मृत्यु र दुईजना घाइते भएकाे जनाइएको छ। बस के–कति कारणले दुर्घटना भएको हो खुलेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ।