१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १४ मंगलबार २१:४५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोभिड महामारीमा खाद्यवस्तु खरिदमा अनियमितता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १४ मंगलबार २१:४५:००

पाकिस्तानमा एउटा लेखा परीक्षण प्रतिवेदनले कोभिड–१९ को महामारीमा युटिलिटी स्टोर्स कर्पोरेसनले चिनी, गहुँ, घिउलगायतको खरिदमा पाँच अर्ब २४ करोड रुपियाँ अनियमितता गरेको देखाएको छ । अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेखितसहित पाँच वस्तु खरिदमा अनियमितता भएको जनाएको हो । 

खरिद गरिएका वस्तु खानयोग्य नभएको पञ्जाब फुड अथोरिटी तथा अन्य गुणस्तर मापनसँग सम्बन्धित निकायले जनाएका छन् । कोभिड–१९ पछि सन् २०२० मा पाकिस्तान सरकारले प्रधानमन्त्री उद्दार प्याकेजअन्तर्गत १० अर्ब रुपैयाँ निकासा भएको थियो । 

पाकिस्तानी पत्रिका डनका अनुसार सुपथ मूल्यमा जनतालाई खाद्यवस्तु उपलब्ध गराउने लक्ष्य थियो । त्यसअघि सरकारले अत्यावश्यकीय वस्तु खरिदका लागि सन् २०१९ मा २१ अर्ब रुपैयाँ निकासा गरेको थियो ।

लेखा परिक्षण प्रतिबेदनले विशेष गरी घिउ तथा खाना पकाउने तेल करिब १ अर्ब ६० करोड रुपैयाँको खरिद भएको र यसमा अनियमिता भएको उल्लेख गरेको छ । ठेकेदारहरूले खरिद गरेको सामान गुणस्तरहीन देखिएको थियो ।