१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशविरुद्ध नाराबाजी नगरी बारको धर्ना, आन्दोलनको नयाँ मोडलबारे छलफल हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o२:oo

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै जारी राखेको धर्नालाई निरन्तरता दिएको छ। पाँचौँ चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत बारले मंगलबार पनि धर्नालाई निरन्तरता दिएको हो। मंगलबार बारले प्रधानन्यायाधीशविरुद्ध नाराबाजी नगरी धर्ना बसेको थियो।

धर्नामा सहभागी अधिवक्ता वीरभद्र जोशीका अनुसार प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको जानकारीपछि स्वास्थ्यलाभको कामना गर्दै नारा नलगाईकन मौन रूपमा धर्ना सम्पन्न गरिएको हो। जबरालाई कोरोना संक्रमण देखिएपछि उनी सोमबार साँझ बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना भएका छन्।

प्रधानन्यायाधीशको प्रवेश रोक्न सांकेतिक रूपमा मुख्य प्रवेशद्वारमा बारले दैनिक एक घन्टा धर्ना दिँदै आएको छ। यसअघि धर्नाका क्रममा प्रधानन्यायाधीश जबराविरुद्ध नाराबाजीसहित धर्ना हुँदै आएको थियो।

बारले पाँचौँ चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत धर्नाका कार्यक्रमलाई निरन्तरता दिँदै आन्दोलनको स्वरूप फेर्नेबारे छलफल जारी राखेको जनाएको छ। नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार नयाँ आन्दोलनका मोडलबारे छलफलका लागि आज ३ बजे उपत्यका बारका पदाधिकारीसँग छलफल हुँदै छ। बारले मंसिर १५ बाट गोला प्रणाली लागू गर्ने सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै यसअघिको सहमतिअनुसार देशभरका अदालतहरूमा गोला प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न माग गरेको छ।

बारले प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्न न्यायाधीशलाई आग्रह गरेको छ भने कानुन व्यवसायीलाई प्रधानन्यायाधीशको इजलासमा बहस नगर्न आग्रह गरेको छ।