Skip This
यू–१८ आइटिएफ वर्ल्ड र्‍याङ्किङ टेनिस टुर जे–५ सुरु : १९ देशका ११९ खेलाडी पोखरामा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 16 September, 2025
२o७८ मङ्सिर १४ मंगलबार o९:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१८ आइटिएफ वर्ल्ड र्‍याङ्किङ टेनिस टुर जे–५ सुरु : १९ देशका ११९ खेलाडी पोखरामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १४ मंगलबार o९:o१:oo

यू–१८ आइटिएफ वर्ल्ड र्‍याङ्किङ टेनिस टुर जे–५ का खेल पोखरामा सुरु भएको छ । जिल्ला टेनिस संघ कास्कीको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा टुरअन्तर्गत सोमबारदेखि प्रतियोगितात्मक खेल सुरु भएको हो ।२५ मंसिरसम्म चल्ने प्रतियोगितामा सहभागी हुन नेपालसहित १९ देशका ११९ खेलाडी पोखरामा भेला भएका छन् । टुरअन्तर्गत शनिबार र आइतबार क्वालिफाइङ राउन्डका खेल भएका थिए । 

प्रतियोगितामा नेपालका २६ खेलाडीको सहभागिता रहेको छ भने बाँकी विदेशी खेलाडी हुनेछन् । नेपालका नम्बर १ सिडेड खेलाडी आरभ सम्राट हाडा र अभिलाषा विष्टलगायतका खेलाडी सहभागी रहेको संघका अध्यक्ष लोक गुरुङले जानकारी दिए । सोमबार मेन ड्रका खेल भएका छन् ।

सोमबारको खेलमा नेपालका अभिलाषा विष्ट, प्रकृति श्रेष्ठ र आध्या पौडेलले सिंगल्सतर्फको खेलमा जित हात पारे । भारतकी भन्सिका मारिया, हेना नागपाल, नियती कुकरेती, मेहर मिश्रा र सोर्मित बर्मा र बेल्जियमकी सानान वोभीले पनि जित हासिल गरे । ब्वाइजतर्फ अमेरिकाका मिथर ब्याटर र डेनमार्कका अलेक्जेन्डर विजयी भए ।