मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर १२ आइतबार १६:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली कांग्रेस ललितपुरको सभापतिमा देउवानिकट श्रेष्ठ विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर १२ आइतबार १६:४८:००

नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदानमा उनी ६ सय ६५ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी रामकृष्ण चित्रकारले ६ सय ५३ मत प्राप्त गरे ।

विजयी श्रेष्ठ कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। उनलाई देउवा पक्षका नेता उदयशमशेर राणाले समर्थन गरेका थिए। ललितपुर कांग्रेस जिल्ला सभापति चयनका लागि शनिबार मतदान भएको थियो, जसमा श्रेष्ठ, मीनकृष्ण महर्जन र रामकृष्ण चित्रकारबीच प्रतिस्पर्धा भएको थियो । तर, तीनजनामध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपाएपछि आज श्रेष्ठ र चित्रकारबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको ललितपुर कांग्रेसले जनाएको छ ।

शनिबार जिल्ला सभापतिका लागि भएको मतदानमा चित्रकारले पाँच सय चार, श्रेष्ठले चार सय ८२ र महर्जनले तीन सय ३६ मत प्राप्त गरेका थिए। कम मत आएपछि सभापतिका उम्मेदवार मीनकृष्ण महर्जन बाहिरिएपछि चित्रकार र श्रेष्ठबीच प्रतिस्पर्धा भएको हो। चित्रकारलाई निवर्तमान सभापति मदनबहादुर अमात्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनकाे समर्थन रहेकाे थियाे ।