१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Thursday, 03 July, 2025
नेत्र पन्थी काठमाडौं
२o७८ मङ्सिर ९ बिहीबार २o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विश्वविद्यालय, प्रतिष्ठान, काउन्सिल र आयोगका पदाधिकारीको सम्पत्ति सार्वजनिक गर्न उजुरी

Read Time : < 1 मिनेट
नेत्र पन्थी, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार २o:oo:oo

देशका सबै विद्याविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगका सबै पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने गराउने व्यवस्था मिलाउने आदेश माग गर्दै राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता भएको छ । कपिलवस्तुका डा. अनुप पन्थीले आयोगमा बिहीबार उजुरी दर्ता गराएका हुन् । 

पन्थीले पदाधिकारीले पदभार ग्रहण गर्दा आफ्नो वेबसाइटमार्फत सम्पत्ति सार्वजनिक गर्ने गराउने तथा पदावधि सकिएको समय सम्पत्ति अडिट गराई अध्यावधिक गर्ने गराउने आदेश दिन माग गरेका हुन् । 

यस्तै, देशका सबै विद्याविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले लिएका निर्णय, अनुगमनका विस्तृत कागजात र आधारहरू सम्बन्धित निकायले वेबसाइटमार्फत सार्वजनिक गर्ने गराउने आदेशको पनि पन्थीले माग गरेका छन् ।