मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लिमीमा चामल ढुवानीका लागि हेलिकोप्टर पठाउन रक्षा मन्त्रालयलाई गृहको पत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:४३:oo

हुम्लाको नाम्खा गाउँपालिका– ६ स्थित लिमीमा चामल ढुवानीका लागि हेलिकोप्टर पठाउन गृह मन्त्रालयले रक्षा मन्त्रालयलाई बिहीबार पत्र काटेको छ। हुम्लाका जनप्रतिनिधिको पहलपछि त्यहाँ हेलिकोप्टर पठाउन थालिएको हो।

चामल सकिएपछि हेलिकोप्टरको व्यवस्था गरिदिन माग गर्दै नाम्खा– ६ का वडाध्यक्ष पाल्जोर तामाङ र संघीय सांसद छक्कबहादुर लामा सोमबार साँझ काठमाडौं आएका थिए। उनीहरूले गृह मन्त्रालय र अर्थ मन्त्रालयमा पुगेर खाद्यान्न र ढुवानीको व्यवस्था गरिदिन माग गरेका थिए।

गृह मन्त्रालयले मंगलबार जिल्ला प्रशासन कार्यालयलाई हिल्सा खाद्य स्टोरमा रहेको चामल नाम्खामा पठाउन निर्देशन दिएको थियो। तर, चामल ढुवानी गर्नका लागि हेलिकोप्टर चाहिने भएकोले गृहले रक्षा मन्त्रालयलाई बिहीबार पत्र लेख्दै हेलिकोप्टरको व्यवस्था मिलाइदिन भनेको हो। नाम्खा– ६ का वडाध्यक्ष तामाङ र संघीय सांसद लामा अहिले काठमाडौंमै छन्।

उनीहरूले तीन दिनदेखि कोसिस गरे तापनि गृहमन्त्री र अर्थमन्त्रीसँग भेट गर्न भने पाएका छैनन्।