मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Thursday, 10 July, 2025
२o७८ मङ्सिर ९ बिहीबार १३:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गोलाप्रथा लागू गर्ने निर्णय लिन सर्वोच्चका न्यायाधीशहरूको फुलकोर्ट बैठक २ बजे बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार १३:३९:oo

गोलाप्रथा लागू गर्ने निर्णय लिन २ बजे सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ। सर्वोच्च स्रोतका अनुसार प्रशासनले २ बजेका लागि फुलकोर्ट बैठक बोलाएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका सर्वोच्च अदालतका न्यायाधीशहरूको बुधबार बसेको बैठकले आजका लागि फुलकोर्ट बोलाउने निर्णय गरेको थियो। बैठकको निर्णयअनुसार मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्ने निर्णयका लागि फुलकोर्ट बस्न लागेको हो।