१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १२:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओखलढुंगा कांग्रेस सभापतिमा देउवा पक्षका तेजेन्द्र खनाल निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३o:oo

नेपाली कांग्रेस ओखलढुंगाको सभापतिमा तेजेन्द्र खनाल निर्वाचित भएका छन्। पार्टीको १४औँ जिल्ला अधिवेशनमा कोइराला–पौडेल पक्षका बालकृष्ण दाहाललाई ९० मतान्तरले पराजित गर्दै देउवा पक्षका खनाल विजयी भएका हुन्। विजयी खनालले सात सय एक मत ल्याउँदा उनका प्रतिद्वन्द्वी दाहालले ६ सय ११ मत ल्याएका थिए। 

उपसभापतिमा सात सय ८२ मतसहित कमल तामाङ र ६ सय ५४ मतसहित नवराज केसी विजयी भएका छन्। तामाङ दाहाल समूह र केसी खनाल समूहका हुन्। खनाल समूहका उपसभापतिका अर्का उम्मेदवार भूपेन्द्र बस्नेतले ६ सय एक र दाहाल समूहका उपसभापतिका उम्मेदवार शान्तिराज खड्काले चार सय १९ मत ल्याएका थिए। सचिवमा अजय लुइँटेल र राजकुमार ढुंगाना निर्वाचित भएका छन्। लुइँटेलले सात सय २१ र ढुंगानाले ६ सय ८२ मत ल्याएका थिए। उनीहरू दुवैजना खनाल समूहका हुन्। दाहाल समूहका सचिवका उम्मेदवार विनोद केसीले पाँच सय ६९ र राजाबाबु किराँतीले चार सय ९० मत ल्याएका थिए। 

सहसचिवमा उज्जन बुढाथोकी र भोजकुमार श्रेष्ठ निर्वाचित भएका छन्। दाहाल समूहका उम्मेदवार बुढाथोकीले सात सय १७ मत र खनाल समूहका उम्मेदवार श्रेष्ठले ६ सय ७२ मत ल्याएका छन्। 
खनाल समूहबाट सहसचिवका उम्मेदवार प्रदीप बानियाँले ६ सय २२ र दाहाल समूहका टेकबहादुर खड्काले चार सय ४९ मत ल्याएका थिए। 

जिल्ला समितिमा तेजेन्द्र प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन्। दुई प्रादेशिक निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा दुईजना प्रदेश प्रतिनिधिबाहेक सबै खनाल प्यानलका उम्मेदवार विजयी भएका छन्। खनाललाई जिताउन कांग्रेस नेताहरू पूर्वसांसद रामहरि खतिवडा, निवर्तमान पार्टी सभापति प्रदीप सुनुवार, तथा रुद्र अधिकारीलगायत नेताहरू लागेका थिए। 

जिल्लामा कुल एक हजार चार सय ४३ क्षेत्रीय प्रतिनिधि रहेकामा एक हजार तीन सय ५३ मत खसेको थियो।