१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
कर्णाली प्रदेशका खेलाडी प्रकाश जैसी म्यान अफ दी म्याचको ट्रफी लिंँदै ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : लुम्बिनीमाथि कर्णालीको फराकिलो जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:१८:oo

कर्णाली प्रदेशले लुम्बनी प्रेदशलाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक सय ४० रनको फराकिलो अन्तरले हराएको छ । योसँगै लुम्बिनीले दुई खेलमा पहिलो हारको सामना गरेको हो । कर्णालीले आफ्नो पहिलो खेलमै लुम्बिनीमाथि सानदार जित दर्ता गर्न सफल भयो । कर्णालीले दुई अंक जोडेको छ । टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको कर्णालीले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रनको योगफल खडा ग¥यो । प्रत्युत्तरमा लुम्बिनी २३.५ ओभरमा ९२ रनमै समेटियो।

 कर्णालीको जितमा प्रकाश जैसीले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे । प्रकाशकै अलराउन्ड प्रदर्शन अगाडि लुम्बिनीले घुँडा टेकेको हो । म्यान अफ दी म्याच प्रकाशले ब्याटिङको क्रममा ३६ बलमा २५ रन जोडेका थिए । बलिङ गर्दा उनले ४३ रन खर्चेर पाँच विकेट हात पारे । फिल्डिङ क्रममा उनले दुई क्याच लिए । लुम्बिनीले लक्ष्य पछ्याउँदा पुछारका मध्य तथा पुछारका ब्याट्सम्यानलाई प्रकाशले आउट पारे । 

प्रकाशले विराट भण्डारी, कप्तान विशाल विक्रम, सुनिल भण्डारी, वासिम अहमेद र अभिषेक गौतमको विकेट लिए । अभिषेकको विकेट पतन हुँदा लुम्बिनी ११.४ ओभरमा ४०–७ को कमजोर स्थितिमा थियो । सो इनिङ्समा विकेटकिपर ब्याट्सम्यान प्रज्वल थापाले सर्वाधिक २८ रनको योगदान दिए । उनले ३६ बलमा एक छक्का र चार चौका प्रहार गरेका थिए । 

प्रज्वल र दुर्गेश गुप्ताबीच आठौँ विकेटका लागि ४७ रनको साझेदारी भएको थियो । यी दुवै ब्याट्सम्यानले लुम्बिनीलाई ४०–७ बाट ८७–८ को स्थितिमा राखे । दुर्गेश अन्तिम ब्याट्सम्यानका रूपमा आउट भए । उनले ३७ बल सामना गरी २० रन बनाए । लुम्बिनीलाई सस्तै योगफलमा समेट्ने क्रममा कर्णालीका अर्जुन चनराले सात ओभरमा ३२ रन खर्चेर दुई विकेट हात पारे । यसैगरी युनिस सिंहले २.५ ओभरमा आठ रन दिँदै तीन विकेट लिए । 

लुम्बिनीको ब्याटिङमा तीनजना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । यसअघि ब्याटिङ गरेको कर्णालीको सुरुवात खासै राम्रो भएन । इनिङ्सको छैटौँ बलमै ओपनर मनीष थापा शून्य रनमा आउट भए । मनीषले सामना गरेको बलमै आफ्नो विकेट दुर्गेशलाई दिए । त्यसपछि अर्का ओपनर विपिन रावल ६.३ ओभरमा आउट भए । उनलाई दुर्गेशले नै पेभेलियन पठाए । विपिनले २६ बलमा चार चौका र एक छक्का प्रहार गरी ३२ रन जोडे । 

कर्णालीले कप्तान निश्चल रावल तथा सुवास एैरबीच तेस्रो विकेटका लागि एक सय २२ रनको साझेदारीको साथ पाउँदा लुम्बिनीलाई चुनौतीपूर्ण योगफल खडा गर्न सफल भयो । सुवास र निश्चलले कर्णालीलाई ३९–२ बाट १६१–३ को मजबुत अवस्थामा राखे । सुवास ३५.१ ओभरमा आउट भए । उनले ९९ बलमा पाँच चौकाको सहयोगमा ४४ रनको योगदान दिए ।  त्यसलगत्तै सुवास वासिम अहमेदद्वारा बोल्ड भए । सुवासले ८० बलमा नौ चौका र तीन छक्काको सहयोगमा सर्वाधिक ७६ रनको योगदान दिए । बलिङमा दुर्गेशले ९ ओभरमा ४५ रन खर्चेर चार विकेट हात पारे । 

ad
ad