१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १४:३४:oo
Read Time : < 1 मिनेट
समाचार

जुम्ला कांग्रेस : सभापतिमा देउवा पक्षधर शाही विजयी, बाँकीमा पौडेल पक्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३४:oo

नेपाली कांग्रेस जुम्लाको ७औँ जिल्ला अधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा पक्षका कर्णबहादुर शाही विजयी भएका छन्। शाहीले खसेको कुल नाै सय८१ मतमध्ये चार सय ७४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेल पक्षधर दीपबहादुर शाहीले चार सय ६९ मत ल्याए। पाँच मतको अन्तरले संस्थापन पक्षधर शाही विजयी भएका  निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिइन्।

सभापति शाहीबाहेक अन्य पदाधिकारीमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय प्यानल नै विजयी भएको छ।  उपाध्यक्षमा दीपक शाही र  कार्मा बुढा विजयी भएका छन्।  उपाध्यक्ष शाहीले पाँच सय १६ र बुढाले चार सय ८६ मत प्राप्त गरेका छन्। सचिवमा अर्जुनसिंह कठायत र लक्ष्मण शाही विजयी भएका छन्। कठायतले पाँच सय १८ र शाहीले चार सय ५७ मत प्राप्त गरेका छन्। सहसचिवद्वयमा नन्दप्रसाद चौलागाईं  ५०० र धनेन्द्र बोहोरा चार सय ४८ मत प्राप्त गरेर विजयी भएका निर्वाचनमण्डलले जनाएको छ।

प्रतिस्पर्धी संस्थापनपक्षीय उपाध्यक्ष नन्दराम बुढाले चार सय पाँच र मक्करबहादुर हमालले तीन सय ७८, सचिव दानबहादुर बुढाले तीन सय ७० र घनश्याम थापाले चार सय २९,  सहसचिव नवराज देवकोटाले तीन सय ८७ र धनबहादुर रावतले चार सय १८ मत प्राप्त गरेका निर्वाचन अधिकृत प्रधानले बताइन्। प्रधानका अनुसार खसेको कुल नाै सय ८१ मतमा पाँचवटा मत बदर भएको छ। महाधिवेशन प्रतिनिधिहरूको मतगणना गर्न बाँकी रहेको जनाएको छ ।