१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेस र पहाड एक भएर संघर्ष गरियो भने मुक्ति सम्भव छ : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा माओवादीको पक्षमा जनलहर आएको बताएका छन्। मंगलबार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

महन्थ ठाकुर र राजेन्द्र महतोले केपी ओलीसँग आत्मसमर्पण गरेर माओवादी केन्द्रलाई गुन लगाएको बताए। उनले भने, ‘महन्थ र राजेन्द्र महतोलाई धन्यवाद भनेको छु। तपाईंहरू केपी ओलीको अगाडि आत्मसर्मपण गरेर माओवादीलाई धेरै ठूलो गुन लगाउनुभयो। धेरै ठूलो सहयोग गरिदिनुभयो। किनकि नेपालमा संघीयताविरोधी, मधेसी जनताको आत्मसम्मान र पहिचानविरोधी खलनायक कोही छ भने एक नम्बर खलनायक केपी ओली हो भन्ने जनताले चाहिँ बुझे। नेताहरूले उसैको अगाडि आत्मसर्मपण गर्देर जनतालाई अझ छ्यांग हुन मद्दत गरे।'

मधेसका जनतालाई मधेसका दलाल र पहाडका जनतालाई पहाडका दलालले ठगेकाे भन्दै उनले मधेस र पहाडका जनता एक भएर दलालहरूविरुद्ध संघर्ष गर्नुपर्ने बताए। उनले भने, 'मधेसका मजदुर, किसान, शिक्षक, बुद्धिजीवी आमजनतालाई ठग्ने मधेसी दलालहरू नै हुन्। पहाडियाहरूलाई ठग्ने पहाडिया दलालहरू नै हुन्। मधेस र पहाड एक भएर दलालविरुद्ध संघर्ष गरियो भने मधेसका जनताको पनि, पहाडका जनताको पनि मुक्ति सम्भव छ।’