१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार ११:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

समृद्ध भरतपुरका लागि विकास बहस हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:२६:oo

भरतपुर महानगरपालिकामा सोमबार समृद्ध भरतपुरका लागि विकास बहस हुँदै छ। पूर्वप्रधानमन्त्री, चितवन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्री, सचिव, विभागका महानिर्देशकहरूको उपस्थितिमा बहस हुन लागेको हो। अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, राज्यमन्त्री उमेश श्रेष्ठको बहसमा सहभागिता छ। 

यस्तै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकटेलसहित मन्त्रालयका सचिव, महानिर्देशक, जनप्रतिनिधिलगायत कार्यक्रममा सहभागी छन्।

भरतपुर महानगरमा हालसम्म भएका विकासका कामको समीक्षा गर्दै समृद्ध बनाउन आवश्यक पूर्वाधारका कामका लागि सम्बन्धित मन्त्रीहरूले प्रतिबद्धता जनाउने गरी कार्यक्रम गरिएको हो।

महानगरपालिका प्रमुख रेनु दाहालले  विस्तारको प्रक्रियामा रहेको भरतपुर विमानस्थल, नारायणी तटबन्धन, क्रिकेट रंगशाला, महानगरको प्रशासनिक भवन, शक्तिखोर औद्योगिक क्षेत्रलगायत महत्त्वपूर्ण पूर्वाधारका विषयमा छलफल गर्न लागिएको बताइन्।

ad
ad