१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ब्राउन सुगरसहित दुई युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:o९:oo

सिराहाको गोलबजार प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ। गोलबजारस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टालीले चेकजाँचका क्रममा नरहा गाउँपालिका– ३ का २१ वर्षीय इन्दलकुमार यादव र उनका छिमेकी करिब २० वर्षीय कपिल महरालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पक्राउ परेकाहरूको साथबाट चार ग्राम पाँच सय ५० मिलिग्राम ब्राउन सुगर, दुई ट्याब्लेट नाइट्रोभेट र दुई थान मोबाइल बरामद गरिएको छ।

नरहा गाउँपालिका–३ डन्डा टोल जाने बाटोमा गस्तीमा रहेको प्रहरीलाई देखेपछि शंकास्पद अवस्थामा देखिएका यादव र महरा भाग्न खाेजेपछि प्रहरीले शनिबार राति करिब ८ बजेतिर पक्राउ गरेको हो। उनीहरूलाई गोलबजार प्रहरीमा ल्याएर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए।

ad
ad