मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ४ शनिबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौैं
२o७८ मङ्सिर ४ शनिबार १६:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले एक्लै निर्वाचनमा लड्न सक्षम छ : अध्यक्ष ओली (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ४ शनिबार १६:५५:oo

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन्। काठमाडौं महानगरपालिकाले शनिबार आयोजना गरेको नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफैँ निर्वाचनमा लड्न सक्षम रहेको बताएका हुन्।

‘हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ। आफैँ जित्छ,’ उनले भने। अध्यक्ष ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई देख्न नसक्नेहरूले फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने दाबी गरे। ‘सत्तागठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन्,’ उनले भने, ‘तर नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ। अरू दल कांग्रेसको औँला नसमातेर हिँड्न सक्दैनन्।’

सो अवसरमा अध्यक्ष ओलीले नेपाल संवतको क्यालेन्डरसमेत सार्वजनिक गरे। कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पुर्याइरहेको दाबी गरे। रासस