१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १६:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १६:४१:oo

झापाको बिर्तामोडमा प्रदेश नं १ स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ। नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले फागुन २७ र २८ गते ‘मिस्टर कञ्चनजंगा बडी बिल्डिङ च्याम्पियनसिप’ हुन लागेको हो। बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका कार्यक्रम संयोजक राम दाहालले प्रदेश नं १ मा हालसम्मकै ठूलो धनराशिको प्रतियोगिता हुने जानकारी दिए। 

‘कोरोना भाइरस संक्रमणका कारण पछिल्लो समय प्रतियोगिता हुन सकेको थिएन, ’ उनले भने, ‘नयाँ खेलाडी उत्पादन र प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो।’

प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख रुपैयाँ, दोस्रोलाई दुई लाख रुपैयाँ, तेस्रोलाई एक लाख रुपैयाँ, चौथोलाई ७५ हजार रुपैयाँ र पाँचौँलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। ५५, ६०, ६५, ७० र ७५ केजीभन्दा माथि पाँचवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। सबै तौल समूहबाट विजेताबीच प्रतिस्पर्धा हुने बताउँदै संयोजक दाहालले भने, ‘उनीहरूबीच पनि प्रतिस्पर्धाबाट च्याम्पियन अफ द च्याम्पियन छानिनेछन्।’

त्यस्तै, प्रतियोगिताअन्तर्गत महिलाको पनि शारीरिक सुगठन प्रतियोगिता हुनेछ। महिला प्रतियोगितामा प्रथमले १५ हजार रुपैयाँ, दोस्रोले १० हजार रुपैयाँ र तृतीयले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा प्रदेश नं १ भरका एक सय पुरुष तथा महिला खेलाडी सहभागी हुने आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले बताए। उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च हुनेछ।

नयाँ खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीले प्रतियोगितामा सहभागी हुन पाउनेछैनन्। खेलाडीलाई प्रतियोगितामा सहभागी हुन तयारीका लागि कम्तीमा ९० दिन लाग्ने भएकाले सोहीअनुसार प्रतियोगिताको मिति तय गरिएको आयोजकको भनाइ छ। प्रतियोगिताको आयोजना बिर्तामोडस्थित ‘बडी ग्यारेज’ जिम हलले गरेको हो।

ad
ad