१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format २o:३४:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चपली हाइट ३ ट्रेलर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format २o:३४:oo

निकेश खड्काको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । २ मिनेट ३६ सेकेन्डको ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई स्थान दिइएको छ। आगामी पुस २ गतेबाट चलचित्र प्रदर्शनमा आउँदै छ ।

अर्जुन कुमारको निर्माण रहेको चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलालगायतका कलाकारहरूको अभिनय छ। अभिनेत्री खड्काले पहिलोपटक आफूले फरक चलचित्रमा काम गरेकाले नयाँ अनुभूति भएको बताइन् ।

डिपी खनालको शब्द रचना, सुभस भुसाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व निर्देशक, उत्तम न्यौपानेको साउन्ड डिजाइन, दीर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन रहेको ‘चपली हाइट ३’ क्राइम–थ्रिलर निर्माण भएको हो । नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन्।