१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ३ शुक्रबार १४:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यक्ष नेपाल भन्छन्– योगाभ्यास गरे मात्र शरीर स्वस्थ हुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ३ शुक्रबार १४:५९:oo

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले योग अभ्यास गरे मात्र शरीर स्वस्थ हुने बताएका छन्। शुक्रबार रामदेव पतञ्जली योगपीठ नेपालले आयेजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले योग साधनाको छुट्टै महत्व रहेको बताएका हुन्।

उनले पहिला आफू धेरै यज्ञ, महायज्ञमा जाँदा पलेँटी कसेर बस्न नसकेको उल्लेख गर्दै पछि योगाभ्यासले नै सहज बनाएको बताए। ‘योग र साधनाको बेग्लै महत्व छ। योगको अभ्यास हामी सबैले गर्नुपर्छ। स्वास्थ्यलाई राम्रो बनाउनका लागि पनि आवश्यक छ, ध्यान केन्द्रित गर्नका लागि पनि आवश्यक छ। प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय, होमियोपेथिकको पनि व्यापक प्रयोग गरौँ। यसले मनमा शान्ति ल्याउँछ,’ उनले भने।

अध्यक्ष नेपालले नेपालमा प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय र होमियोपेथिक पद्धतिलाई विस्तार र प्रयोग गर्नुपर्नेमा जोड दिए।