मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बार आन्दोलन : तेस्रो चरणको अन्तिम दिन, ३ बजेसम्म राजीनामाका लागि अल्टिमेटम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:१४:oo

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामाका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएको छ। आज बार आन्दोलनको तेस्रो चरणको अन्तिम दिनको ३ बजेसम्म राजीनामाका लागि अल्टिमेटम दिइएको हो। राजीनामा नआए चौथो चरणको आन्दोलन सुरु गर्ने बारको तयारी छ। चौथो चरणको आन्दोलन अझै सशक्त रूपमा अघि बढाउने बारले चेतावनी दिएको छ।

बिहीबार प्रहरीले धर्नास्थलमा बल प्रयोग गर्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित आधा दर्जन कानुन व्यवसायी घाइते भएका छन्। केन्द्रीय सदस्य प्रकाश महर्जनको टाउकोमा गम्भीर चोट लागेको छ। यो विषयलाई बारले अन्तर्राष्ट्रियकरण गर्ने जनाइसकेको छ।