१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १७:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रसुवा भन्सारमा कात्तिक महिनामा लक्ष्यभन्दा २२ प्रतिशत बढी राजस्व संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:५७:oo

रसुवा भन्सार कार्यालय टिमुरेले कात्तिकक महिनामा लक्ष्यको २२ प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्ष २०७८–०७९ को कात्तिक महिनामा राखेको लक्ष्यको २२ दशमलब ७४ प्रतिशत बढी राजस्व संकलन गरेको हो। 

रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख राम मैनालीका अनुसार कात्तिक महिनामा कार्यालयले ५६ करोड २३ लाख ८० हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर, कार्यालयले  ६९ करोड २ लाख ८८ हजार राजस्व संकलन गरेको छ। जुन मासिक राखिएको लक्ष्यको तुलनामा १२ करोड ७९ लाख ८ हजार बढी संकलन भएको हो। 
रसुवा भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्षमा ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। साउन, भदौ, असोज र कात्तिक गरी चार महिनामा वार्षिक लक्ष्यको ३९ दशमलब ५० प्रतिशत राजस्व संकलन भएको भन्सार प्रमुख मैनालीले बताए। 

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको डेढ वर्ष बढी भएको छ । यसको असर भन्सार राजस्व संकलनमा पनि देखिएको छ। रसुवा भन्सार कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको थिएन। 

रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तशुल्क भ्याटलगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्दछ। चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायतका सामाग्रीहरू भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्रीहरू जाने भए पनि कोरोना महामारी सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ। 

०७६ माघ १५ देखि गएको ०७७ जेठ २२ गतेसम्म नाका बन्द भयो। त्यसपश्चात चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको छ। चीनले आफनै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ। रसुवागढी नाकाबाट अहिले दैनिक ९ चिनियाँ गाडीमै नेपाल सामान आयात भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन्। चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड अनलोड गर्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन्। 

०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत रूपमा सञ्चालनमा आएको हो। भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो तर रसुवागढी नाका ०७२ मंसिरदेखि पुनः सञ्चालनमा आएको छ। 
 

ad
ad