Skip This
प्रधानन्यायाधीशको राजीनामा मात्र होइन, विकृति नहट्दासम्म आन्दोलन जारी रहन्छ : बार अध्यक्ष श्रेष्ठ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २९ शनिबार १२:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशको राजीनामा मात्र होइन, विकृति नहट्दासम्म आन्दोलन जारी रहन्छ : बार अध्यक्ष श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १२:o१:oo

नेपाल बार एसाेसिएसनका अध्यक्ष चन्डेश्वर श्रेष्ठले न्यायालयको विकृति नहट्दासम्म आफूहरूको आन्दोलन जारी रहने बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बारले सर्वोच्च अदालतमा बुधबार गरेको प्रदर्शनमा अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्।

उनले भने, ‘हामीले विसंगति हटाउन चाहेका छौँ। निष्पक्ष न्याय चाहेका छौँ। भ्रष्ट प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म हामी रोकिँदैनौ। राजीनामा मात्र होइन, विकृति नहट्दासम्म आन्दोलन जारी रहन्छ। आन्दोलनको मोडेल फरक हुन्छ। राजीनामा अपरिहार्य छ।’

प्रधानन्यायाधीश जबराले गत सोमबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरे पनि नेपाल बारले भने प्रधानन्यायाधीशको प्रस्तावलाई अस्वीकार गरेको छ। 
 

ad
ad