१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:२o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भाइबरमा कोकाकोलासँगको खाना छान्न मिल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:२o:oo

कोकाकोला नेपालले राकुटेन भाइबरसँगको सहकार्यमा कोक एन्ड मिल्सको थिमअन्तर्गत कोकाकोला अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्स सार्वजनिक गरेको छ । भाइबर प्रयोगकर्ताले आफन्त वा साथीभाइसँग कोक र खानाको संयोजन छान्ने सुविधा रहेको भाइबर लेन्स सार्वजनिक गरिएको हो । 

नेपालमा एक करोडभन्दा बढी भाइबर प्रयोगकर्ताले यस रमाइलो फिल्टरको मज्जा लिन सक्ने जनाइएको छ । यसमा उनीहरूले आफ्ना साथीहरू, सहकर्मीहरू वा परिवारलाई आफ्ना लागि कोक र खानाको लोकप्रिय संयोजनका लागि माग गर्न सक्ने कोकाकोलाले जनाएको छ ।

फिल्टरमा कोक र मोमोज, कोक र पिज्जा, कोक र चाउमिनजस्ता लोकप्रिय कोक र मिल्सका कम्बोहरू र्‍यान्डम्ली जेनेरेट हुने जनाइएको छ । जेनेरेट भएको एउटा कोक एन्ड मिल्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सेभ गरेर साथी, सहकर्मी वा परिवारलाई कम्बो किनिदिन अनुरोध गर्दै पठाउन सक्ने जनाइएको छ । प्रयोगकर्ताले आफ्नो अनुहार पनि फिल्टरमा राख्न सक्ने कम्पनीले जनाएको छ ।